८ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
बारा–२ बाट राजेन्द्र महतोपनि चुनाव लड्ने – Nigrani Today
ताजा खबरराजनीतिसमाचार

बारा–२ बाट राजेन्द्र महतोपनि चुनाव लड्ने

काठमाडौं,१६ चैत ।आगामी बैशाख १० मा हुने उपनिर्वाचनमा बारा २ बाट लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता राजेन्द्र महतो पनि लड्ने भएका छन् ।

बारा २ मा महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको लोसपाको एक शीर्ष नेताले जानकारी दिए ।महतो मंसिर ४ मा भएको चुनावमा सर्लाही २ मा पराजित भएका थिए ।

धनुषा ३ छाडेर सर्लाही २ फर्किएका महतोलाई माओवादी केन्द्रको चुनाव चिह्न लिएर लडेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रले २ हजार ११ मत अन्तरले पराजित गरेका थिए ।

बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि यहाँ उपचुनाव हुँदैछ ।

जसपाले बारा २ बाट उपेन्द्र यादवलाई उठाउने तयारी गरिरहेको छ ।यादव सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा। सीके राउतसँग पराजित भएका थिए ।

जनमतले बारा २ मा आफ्नो उम्मेदवार उठाउनका लागि शिवचन्द्र कुशवाहलाई पार्टी प्रवेश गराइसकेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.