
सर्लाही,१६ चैत्र । सर्लाहीमा निलगाईले आंतक मचाएको छ । पछिल्लो समय सर्लाहीका किसानलाई निलगाईले दुःखदिन थालेपछि किसान चिन्तित भएका छन । निलगाईले बालिनालीखाइदिँदा किसान हैरान छन्।
विशेषगरी ग्रामिण क्षेत्रको खेतबारीमा आएर निलगाईलेबालिनाली खाने गरेको किसानहरुले बताएका छन्। बर्खामा धान, मकै, उखु, कोदो,परवललगायत बालिनाली खाएर हैरान बनाएको घोडगधाले अहिले गहुँ, मसुरो, चना, लहरी,टमाटर जस्ता बालि खाएर दुःख दिने गरेको कविलासीका किसान दिनेश साहले बताउनुभयो।
सर्लाहीकाईश्वरपुर, लालबन्दी, हरिवन, बागमती, बरहथवा, कविलासी, चन्द्रनगर, हरिपुर, लगायतका पालिकाहरुकोगाउँ गाउँको चौरमा निलगाई बस्ने गरेको छ । जंगल बाट गाउँ गाउँ कै चौरमानिलगाई बसेर किसानहरुलाई ठुलै क्षति पु¥याउने गरेको चन्द्रनगर वडा नं. २ का किसानबिक्रम दासले बताउनुभयो ।