
सर्लाही १६ चैत्र।सर्लाहीको हरिपुर्वा नगरपालिकामा मोटरसाइकल दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ।
अहिले भर्खरै ४ बजे वडा नं ३ धनकौलमा दक्षिणबाट उतर तर्फ जादै गरेको ना.३४ प ८२८९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
मोटरसाइकल बाटो भन्दा ८ मिटर तल खालि खेतमा दुर्घटना हुदा नामथर नखुलेका अन्दाजी बर्ष ३०/३२ र अ.बर्ष ४५/४६ को दुई जना पुरूष ब्यक्तिहरूको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।
प्रहरीले घटना स्थललाइ सुरक्षित राखेर थप अनुशन्धान कार्य गरिरहेको छ