२० फाल्गुन २०८०, आईतवार | Email:- [email protected] | [email protected]
चन्द्रनगरमा पहिलो पटक दलित समुदायको अगुवाईमा विधालय भवन निर्माण हुने – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

चन्द्रनगरमा पहिलो पटक दलित समुदायको अगुवाईमा विधालय भवन निर्माण हुने

सर्लाही,२४ वैशाख ।सर्लाहीको चन्द्रनगर गाउँपालिकामा दलित समुदायको अगुवाईमा पहिलोपटक  विधालय भवन निर्माण हुने भएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत गाउँपालिका स्तरीय योजना २२ लाख ५० हजारको लागतमा दलित समुदायका व्यक्तिहरुले विधालय भवन निर्माण गर्ने भएको छ ।

शनिवार वडा नं ३ मा रहेको राम जन्ता आधारभुत विधालयमा दुई कोठे भवन निर्माण गर्न दलित समुदायका व्यक्तिहरुबाट १० जनालाई उपभोक्ता समिति छानिएको चन्द्रनगर गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष राजकुमार महतोको अध्यक्षतामा वडा नं ३ वडकुर्वामा विधालय भवन निर्माण गर्न दलित समुदायबाट उपभोक्ता समिति छानिएको हो ।

उपभोक्ता समितिको अध्यक्षमा दिपेन्द्र महरा, कोषाध्यक्ष खहेरनी देवी राम, सचिवमा संजु देवी माझी, सदस्यहरुमा नागेन्द्र महरा, रामशिला देवी राम, नैन देवी माझी र अनरिया देवी राम रहेकी छन ।

यसैगरी अनुगमण समितिको संयोजकमा जोगी राम, सदस्यहरुमा देवकली माझी र रामदुलारी राम रहेकी छ। गठन गरिएको १० सदस्य उपभोक्ता समितिमा ७ जना महिला नै रहेको गाउँपालिकाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.