२० फाल्गुन २०८०, आईतवार | Email:- [email protected] | [email protected]
गौशाला नगरपालिकाले ९९ शिक्षकहरुको सरुवा गर्याे – Nigrani Today
ताजा खबरप्रदेश २समाचारस्थानीय

गौशाला नगरपालिकाले ९९ शिक्षकहरुको सरुवा गर्याे

गौशाला । गौशाला नगरपालिकाको कार्यालयले सामुदायिक विद्यालयका शिक्षकहरुको एकैसाथ सरुवा गरेको छ । पहिलो चरणमा ९९ जना शिक्षकहरुको सरुवा गरिएको हो । नगरपालिकाको कार्यालयका अनुसार शिक्षामा पुर्नताजगी र गुणस्तरीयता प्रदान गर्नका लागि शिक्षक सरुवा गरेको जनाएको छ ।

नगरपालिकाभरिमा हुने शिक्षक सरुवा प्रक्रिया अव नियमित रुपमा हुने शिक्षा शाखा स्रोतले जनाएको छ । शिक्षकहरु प्रत्यक्ष रुपमा राजनितीकमा उत्रिएपछि क्रमिक रुपमा यहाँका शैक्षिकस्तर कमजोर हुँदै गएपछि नगरपालिकाले सरुवा गरिएको नगरप्रमुख डा। दिपेन्द्र महतोले जानकारी दिएका छन् ।

बर्षौदेखि यहाँ शिक्षक सरुवा नहुँदा सामु्दायिक विद्यालयको पठनपाठन प्रभावित हुँदै आएपछि विषयगत मिलान गर्दै नगरभरिमा सरुवा गरिएको नगरप्रमुख डा। महतोले जनाएको छ ।

दक्ष जनशक्ति पुर्ति गर्नका लागि अगामी दिनमा नगरले शिक्षक भर्ना गरेर विद्यालयको शैक्षिकस्तर सुधार्ने नगरपालिकाको कार्यालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.