३ आश्विन २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
महिला उद्यमशीलता तथा समविकास संस्थाको साधारणसभा सम्पन्न – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

महिला उद्यमशीलता तथा समविकास संस्थाको साधारणसभा सम्पन्न

लालबन्दी, ३ असोज । महिला उद्यमशीलता तथा समविकास संस्था लालबन्दी-७, सर्लाहीकाे प्रथम वार्षिक साधारणसभा सम्पन्न बिहीवार आज भएको छ ।
संस्थाकी अध्यक्ष मुना उपाध्यायकाे सभाध्यक्षता तथा लालबन्दी नगरपालिका लैङ्गकि विकास तथा समाजकल्याण शाखा प्रमुख डाककुमारी फुयालकाे प्रमुख आतिथ्यतामा जानकी मावि लालबन्दीमा कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रम प्रमुख अतिथि फुयालले लालबन्दी नगरपालिका नगर भित्र रहेका संघसंस्था संग सहकार्य गरेर अघि बढ्दैन तयार रहेको बताइन् । सहकार्य गर्ने संस्था नभएका कारण गत आर्थिक वर्ष काेसेली घर निर्माणका लागि छुट्याइएको रकम फ्रिज भएको बताउदै उनलेे समयमा नगर पालिका संग सहकार्य गरेर कार्यक्रम हरू गर्न आग्रह गरिन् ।
कार्यक्रमका विशिष्ट अतिथि लालबन्दी नगर वाङ्‌मय परिषद्का अध्यक्ष अच्युत अधिकारीले आफ्नो संस्था सहकार्य गर्न तयार रहेको बताए । उनले लालबन्दीमा काेसेली घरको आवश्यकता औल्याउदै,संस्थाले महिलाहरूलाई हस्तकलाका सामग्री उत्पादन गर्न लगाई काेसेली घर मार्फ बिक्रीवितरण गर्नुपर्ने बताएका ।
कार्यक्रम अर्का विशिष्ट अतिथि नेपाल प्रेस युनियन सर्लाहीका अध्यक्ष कृष्ण थपलियाले संस्थाले आफ्नो उद्देश्य अनुरूप महिलालाई उद्येमी बनाउन तालिमहरू सञ्चालन गर्नुपर्नेमा जाेड दिए ।
कार्यक्रममा लालबन्दी नगरपालिका वडा नम्बर – ७ का वडा सदस्य राधेश्याम गुप्ताले संस्था संग वडा सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।
संथाकी अध्यक्ष उपाध्यायले संस्थाले गत आर्थिक वर्ष लालबन्दी नगरपालिका वडा नं. -७ को सहयोगमा लालबन्दी नगरपालिका भित्रका ३० जना महिला उद्यमीलाई २ दिने क्षमता अभिवृद्धि तालिम दिएको बताइन् ।
उनलेे संस्थाले लालबन्दी नगरपालिका भित्रका वडा नं. ७, ९, १२ र ५ नं. वडामा बचत समूहरु गठन गरी क्षमता अनुसारको उद्यमशिलता तर्फ अगाडि बढ्न प्रेरित गरेकाे बताइन् ।
अध्यक्ष उपाध्यायले आन्तरिक रुपमा समूह परिचालन र क्षमता विकास सम्बन्धी काम गर्दै संस्था अघि बढी रहेको बताइन् । उनले आर्थिक वर्ष २०८१/०८२ मा वार्षिक र पञ्चवर्षिय कार्ययोजना मार्फत काम गर्ने संस्थाकाे रणनीतिक योजना रहेको बताइन् ।
कार्यक्रममा संस्थाकि सचिव अन्जु ढकालले संस्थाकाे वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै, संस्थाले गत वर्ष आफ्नो लक्ष्य, उद्देश्य अनुसार संस्थागत क्षमता अभिवृद्धि ,बचत समूह गठन र परिचालन, उद्यमी महिलाहरुको क्षमता विकास,सरोकारवाला पहिचान, संस्थालाई वैधानिकता दिन नीतिगत विषय, संस्थागत आवद्धता जस्तो क्रियाकला गरेको बताइन् ।
महिला उद्यमशीलता तथा समविकास संस्था लालबन्दी-७, जिल्ला प्रशासन कार्यालय सर्लाहीमा दर्ता भइ समाजकल्याण परिसद् आबद्ध भएको संस्था हाे । संस्थामा २८ जना महिलाहरू आबद्ध रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.