३ आश्विन २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
संबिधान दिवसको अवसरमा  सरसफाइ कार्यक्रम सम्पन्न – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाज

संबिधान दिवसको अवसरमा  सरसफाइ कार्यक्रम सम्पन्न

भक्ती रिजल
सर्लाही । सर्लाहीमा पनि संबिधान दिवसको अवसर पारेर बिभिन्न कार्यक्रम सम्पन्न भएका छन् ।
हरिवन नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयले संबिधान दिवसको अवसरमा वडा भित्र रहेका टोल बिकास संस्थाहरुलाई  सरसफाइ सामग्री बितरण गरेर  दिवस मनाएको छ ।

संबिधान दिवसको अबसरमा  हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीले वडामा  झण्डोत्तोलन गरि कायक्रमको उद्घाटन गरेका थिए ।

वडा अध्यक्ष नागेन्द्र कुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख रमेश बुढाथोकी, उप-मेयर हरिमाया घलान तथा प्रसाशकीय प्रमुख देबेन्द्र सापकोटा लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा वडामा रहेका १२  वटा टोल   बिकास संस्थालाई सरसफाइ सामग्री पनि  बितरण गरिएको थियो   पिक, ट्रली, बेल्चा, झाडु लगायतका सामान पाउदा आफुहरुमा उत्साह थपिएको सिद्दार्थ टोल बिकास संस्थाका अध्यक्ष अमरलाल तामाङ बलले बताए ।

टोल बिकास संस्थाले गरेको काम र मेहनत सन्तोसजनक रहेको वडा सचिब बिमला पौडेलले बताइन् ।
टोल बिकास संस्थाको माध्यमबाट समग्र वडालाई  एकताको सुत्रमा बाध्ने काम भैरहेको वडा अध्यक्ष नागेन्द्र कुमार साहको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.