
सर्लाही,१३ जेठ । नेपाल प्रेस युनियनको ३२ औँ स्थापना दिवस सर्लाहीमा पनि मनाइएको छ । शनिवार नेपाल प्रेस युनियन सर्लाही शाखाले फरक काम गरेर आफ्नो ३२ औँ स्थापना दिवस मनाएको छ । नेपाल प्रेस युनियन सर्लाही शाखाले लालबन्दी नगरपालिका वडा नं.२ जुटपानीमा रहेको पद्मभुवनेश्वरी नमूना वृद्धाश्रममा फलफूल तथा फ्रुटी वितरण गरेर स्थापना दिवस मनाएको नेपाल प्रेस युनियन सर्लाही शाखाका सचिव रामबहादुर खडकाले जानकारी दिनुभयो ।
आश्रममा पुगेर युनियनका जिल्ला अध्यक्ष कृष्ण थपलिया,नेपाल प्रेस युनियन मधेश प्रदेशका उपाध्यक्ष सोम दियाली, प्रदेश सदस्य मुकेश झा लगायत अन्य विभिन्न पदाधिकारी सहितको टोलीले आश्रम आश्रति ५५ जना वृद्धवृद्धालाई फलफूल वितरण गरेको पद्मभुवनेश्वरी नमूना वृद्धाश्रमकी संचालिका भवानी कोईरालाले जानकारी दिनुभयो ।
नेपाल प्रेस युनियनका पदाधिकारीले आश्रमका संरक्षक बाशुदेव शरण कोइराला र संचालिका भवानी कोइरालासँग भेटघाट गरि शुभकामना आदानप्रदान समेत गरेका थिए । यसैगरी नेपाल प्रेस युनियनका प्रदेश सदस्य झाले पद्मभुवनेश्वरी नमूना वृद्धाश्रमलाई नगद रु. ५ हजार १ सय ५ रुपैया सहयोग प्रदान गर्नुभएको थियो ।
। नेपाल प्रेस युनियन सर्लाही शाखाका अध्यक्ष थपलियाले केन्द्रिय कार्यालयले अस्पतालमा फलफुल वितरण गर्ने, रक्तदान कार्यक्रम गरी स्थापना दिवस मनाउने पत्र जारी गरे पनि आफुले फरक तरिकाले पद्मभुवनेश्वरी नमूना वृद्धाश्रममा आश्रित वृद्धवृद्धालाई नै फलफुल वितरण गरेको बताउनुभयो ।
स्थापना दिवको अवसरमा प्रजातन्त्रका सेनानी तथा नेपाली काँग्रेस पुर्वसभपति एवम् आश्रमका संरक्षकसमेत रहेका वासुदेव शरण कोइरालाले शुभकामना व्यक्त गर्नु हुर्दै , प्रजातन्त्र ठुलो बलिदानीबाट प्राप्त भएकोबताउदै यसको रक्षार्थ प्रजातन्त्रको एउटा मजबुत स्तम्भ पत्रकारिता क्षेत्र महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने तर्क गर्नुभयो।