
सर्लाही,२८ जेठ ।सर्लाहीको चन्द्रनगर गाउँपालिकाले नाढीमन ताल प्रदेश गौरवको योजनामा समावेश भएको भन्दै केक काटेर दिपावली मनाइएको छ । चन्द्रनगर गाउँपालिकाको आयोजनामा नाढीमन ताल प्रदेश गौरवको योजनामा परेको हुदाँ आइतवार तालकै डिलमा केक काटेर दिप प्रज्वल गरी उत्सवको रुपमा दिपावली मनाइएको चन्द्रनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर थिङ्गले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष राजकुमार महतोको उपस्थितिमा गाउँपालिकाका कर्मचारीहरुको सहभागितामा दिप प्रज्वल गरिएको चन्द्रनगर गाउँपालिकाले जनाएको छ । दिप प्रज्वल कार्यक्रमलाई सम्बोधन गर्नुहुदैँ गाउँपालिका अध्यक्ष महतोले मधेश प्रदेश सरकार सँग नाढीमन ताललाई प्रदेश गौरवको आयोजनामा समेटन आग्रह गरेका थियौँ ।
सोही अनुरुप ताल प्रदेश गौरवको आयोजनामा परेको उहाले बताउनुभयो । नाढीमन तल यस्तो विशाल छ की गाउँपालिकाको बजेटले मात्रै ताललाई उत्कृष्ट बनाउन नसकिने भएकोले मुख्यमन्त्री लगायत अन्य विभिन्न मन्त्री समक्ष ताललाई प्रदेश गौरवको आयोजनामा समेटन आग्रह गरेका थियौ सोही अनुरुप भएकोले आज उत्सव स्वरुप दिप प्रज्वल गरिएको अध्यक्ष महतोले बताउनुभयो ।
मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷०८१ को निति कार्यक्रम जेठ २३ गते प्रस्तुत गरिएको थियो र सो निति कार्यक्रम २७ गते पारित भई नाढीमन ताल प्रदेश गौरवको आयोजनामा परेको अध्यक्ष महतोले बताउनुभयो । मधेश प्रदेश सरकारले ताललाई प्रदेश गौरवको आयोजनामा समेटी संघीय सरकार संघ समन्वय गरी तालको विकास गरिने छ ।
यस्तै राष्ट्रिय योजना आयोगको समपुरक अनुदानबाट नाढीमन तालको संरक्षण मौलिक रुपमा निर्माण तथा सौन्दर्यकरणमा ९ करोड ४० लाख बजेट विनियोजन भएको चन्द्रनगर गाउँपालिकाले जनाएको छ ।