३० फाल्गुन २०८१, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
एन.एम.बी बैकको उदाहरणीय कार्य : बृद्धसेवाश्रममा दिए खधान्न सहित विभिन्न सामग्री – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

एन.एम.बी बैकको उदाहरणीय कार्य : बृद्धसेवाश्रममा दिए खधान्न सहित विभिन्न सामग्री

सर्लाही,३० भदौ । सर्लाहीमा एन.एम.बी बैक लालबन्दी शाखाले उदाहरणीय कार्य गरेको छ । बैकले लालबन्दी नगरपालिका वडा नं. २ जुटपाजीमा रहेको पद्म भुवनेश्वरी नमुना बृद्धसेवाश्रममा खाधान्न लगायत विभिन्न सामग्री हस्तान्तरण गरेको छ ।

बिहिवार बैंकले पद्म भुवनेश्वरी नमुना बृद्धसेवाश्रम मा रहेको वृद्धवृद्धाहरुलाई माया गरेर बृद्धसेवाश्रमलाई कुर्सी ३०थान, चामल १ सय केजी ,चिनी ५०केजी ,दाल ६ केजी , ग्याँस चुल्हो २ थान, रेगुलेटर २ थान, र कुकुर २ थान हस्तान्तरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत एन.एम.बी बैंक लालबन्दी शाखाले शाखा प्रबन्धक अरूण आचार्यको अध्यक्षता तथा एन.एम.बी बैक मधेश प्रदेश प्रमुख कमल पोख्रेलको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी खधान्न लगायत विभिन्न सामग्री हस्तान्तरण गरेको पद्म भुवनेश्वरी नमुना बृद्धसेवाश्रमकी संचालिक भवानी कोइरालाले जानकारी दिनुभयो ।

बैंकले खधान्न लगायत विभिन्न सामग्री हस्तान्तरण गरेपछि वृद्धवृद्धाहरुलाई फ्रूटी समेत वितरण गरेको पद्म भुवनेश्वरी नमुना बृद्धसेवाश्रमले जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button