१६ मंसिर २०८०, शनिबार | Email:- [email protected] | [email protected]
किसानलाई दिइने सेवासुविधा गुणस्तरीय बनाउँने कार्यकारी निर्देशक भट्टराई – Nigrani Today
ताजा खबरसमाचारसमाज

किसानलाई दिइने सेवासुविधा गुणस्तरीय बनाउँने कार्यकारी निर्देशक भट्टराई

काठमाडौं ।नेपाल कृषी अनुसन्धान परिषद (नार्क)का कार्यकारी निर्देशक डा। ध्रुवराज भट्टराईले नार्कबाट किसान एवं सरोकारवालालाई दिइने सेवा, सुविधा चुस्तदुरुस्त तथा गुणस्तरीय बनाउँन तर्फ ध्यान दिन निर्देशन दिएका छन् ।

नार्कको केन्द्रीय कार्यालय खुमलटार, ललितपुरमा आज नार्कका निर्देशक तथा बिभिन्न केन्द्र महाशाखाका प्रमुखसंगको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् । कार्यालयको बिभिन्न सेवाको पारदर्शिता एवं सेवाको बारेमा बिभिन्न निर्णय गर्दै बैठकले प्रभावकारी कार्यान्वयन गर्दै अगाडी बढनुपर्ने उनले बताए ।

नार्कको सबै अनुसन्धान केन्द्रलाई सफा, सुन्दर बनाउँने, साथै बाथरुमदेखी कार्यालय कक्ष, ल्याब, सफा राख्ने, नियमित स्टाफ बैठक अनिवार्य गर्ने, कार्यक्रमको बारेमा सबै कर्मचारीका बीचमा नियमित छलफल गर्ने, बार्षिक कार्यक्रम र बजेट सबैले देख्ने ठाउँमा टाँस गर्ने लगायतका निर्णय गर्दै बैठकले प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

खुमटार कम्पेलेक्सका सेन्टर चिफहरुको बैठक प्रत्येक महिनाको पहिलो सोमबार केन्द्रीय कार्यालयको बैठक कक्षमा बस्ने निर्णय भएको छ । सो बैठकको एजेण्डा तय गर्ने, माइन्यूट लेख्ने र निर्णयलाई कार्यान्वयन गराउँने काम कृषि बिज्ञान अनुसन्धान प्रतिष्ठान ९नारी० र पशु बिज्ञान अनुसन्धान प्रतिष्ठान ९नार्सी०का निर्देशकहरुले गर्ने र सोको अनगमन नार्कको केन्द्रीय कार्यालयले गर्ने समेत बैठकले निर्णय गरेको छ ।

सबै स्वीकृत कार्यक्रम र परियोजनाको कार्ययोजना बनाई समयमै प्रभावकारी रुपमा कार्यान्वयन गराउँने र गरिएका सबै उपलब्धिहरुलाई सबैले थाहा पाउँने गरी प्रचारप्रसार गर्ने निर्णय समेत भएको छ । यस अघि यस्तो नियमित बैठक हुन नसकेको र नार्कको नयाँ नेतृत्व आएपछि नियमित बैठक, छलफल हुन थालेपछि सहभागि निर्देशक एवं महाशाखा प्रमुखले खुशी व्यक्त गर्दै यसलाई आउँने दिनमा समेत नियमित गर्न सुझाव दिएका छन् ।

यसैगरी बैठकमा नार्कलाई अन्तर्राष्ट्रिय स्तरको बनाउँने बारेमा समेत छलफल भएको छ । त्यसका लागि सबै केन्द्र प्रमुखले आ–आफ्नो कार्यालयमा छलफल गरी सात दिन भित्रमा लिखित सुझाव दिने निर्णय समेत भएको छ ।

कार्यक्रम कार्यान्वयन गर्न आवश्यक कमिटीहरु खरिद कमिटी, भौतिक परिक्षण कमिटी, कार्यालय र अनुसन्धान व्यवस्थापन कमिटी लगायतका सबै तयारी साउन महिनाको २० गते भित्रमा गर्ने र सबै क्रियाकलापहरु समयमा संचालन गर्ने गराउँने निर्णय बैठकले गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.