११ फाल्गुन २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिवन नगरपालिकामा घरमै गएर आमा तथा नवजात शिशुको स्वास्थ्य परिक्षण हुदैँ – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

हरिवन नगरपालिकामा घरमै गएर आमा तथा नवजात शिशुको स्वास्थ्य परिक्षण हुदैँ

सर्लाही ।सर्लाहीको हरिवन नगरपालिकामा घर घर मै गएर स्वास्थ्यकर्मीहरुले आमा तथा नवजात शिशुहरुको स्वास्थ्य परिक्षण गर्ने गरेको छ । अस्पताल बाट सुत्केरी भएर गएका आमा र शिशुलाईलाई हरिवन नगरपालिकाको सबै वडामा घरमै गएर स्वास्थ्य परिक्षण गरिने गरेको छ । सुत्केरी आमा र नवजात शिशुको ४ पटक जाँच हुने गरेको छ ।

पहिलो जाँच र चौथो जाँच स्वास्थ्य संस्थामा र दोश्रो जाँच ३ दिन पछी, तेश्रो जाँच ७ देखि १४ दिन पछी घरमै गएर जाँचने गरिएको छ । बच्चा र आमालाई नर्स र महिला स्वायमसेविकाको टोली घरमै गएर जाँच गर्ने गरेको स्वास्थ्य शाखा प्रमुख रामबाबु चौधरीले जानकारी दिए । ज्वरो, रुखा खोकी, कोखा हान्ने लगायत सबै किसिमको रोगको जाँच गर्ने गरिएको छ ।

सुत्केरी आमा र बाचाको लागि एम्बुलेन्स फ्रिी समेत भएको छ । बिगत ३ वर्ष देखि यो कार्यक्रम चलिरहेको प्रमुख चौधरीले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button