५ माघ २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
स्वास्थ्य विमा रकम १ लाख बाट ५ लाख पु¥याउने स्वास्थ्य मन्त्री पौडेलको भनाई – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

स्वास्थ्य विमा रकम १ लाख बाट ५ लाख पु¥याउने स्वास्थ्य मन्त्री पौडेलको भनाई

सर्लाही, ११ मंसिर । सर्लाहीको ईश्वरपुर नगरपालिकामा खुलेको भरतपुर आँखा अस्पतालको उद्घाटन गरिएको छ। आज स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले अस्पताको उद्घाटन गर्नुभएको छ। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुदै मन्त्री पौडेलले ईश्वरपुर नगरपालिकामा डाइलेसिस गर्ने गरी एउटा उपचार केन्द्र बनाउने र ३ सेट डाइलेसिस गर्ने उपकरण उपल्बध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले ईश्वरपुरमा मन्त्रालय र पालिकाको समन्वयमा गरी ईश्वरपुरमा पाठेघरको उपचार केन्द्र पनि स्थापना गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मन्त्री पौडेलले स्वास्थ्य बिमामा केही जटिलता भएको हुदाँ सो जटिलता सहज गर्दै १ लाख विमा रकम बाट ५ लाख पु¥याउने काम अघि बढाइएको बताउनुभयो । उहाले मन्त्रालयले देशव्यापी रुपमा पाठेघरको क्यान्सर पता लगाउन पाठेघरको परिक्षण समेत गर्ने मन्त्री पौडेलले बताउनुभयो ।

ग्राहकहरु औषधीमा समेत धगिन पुगेको हुदाँ औषधीको मुल्य समायोजन हुने गरी फार्मेशीले मुल्य हेर्ने गरी सुचना टास्ने व्यवस्था मिलाउने मन्त्री पौडेलले बताउनुभयो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुदै ईश्वरपुर नगर प्रमुख मनोज कुमार आचार्यले ईश्वरपुरमा स्वास्थ्य क्षेत्र सुदृढ नभए सम्म मेयर पदको कुर्सीमा नबस्ने उदघोष गर्नुभयो । उहाले आफुले नगरवासी समक्ष भोट माग्न जादा नगरवासीलाई ईश्वरपुरमा पाठेघरको अप्रेशन तथा किड्नीको उपचारको व्यवस्थापन गर्न वचन दिएको थियो , तयो वाचा आफुले पूरा नगरेसम्म मेयर पदको कुर्सीमा नबस्ने दावी गर्नुभयो ।उहाले मन्त्री पौडेललाई ईश्वरपुरमा पाठेघरको अपरेशन र किड्नी उपचारका लागि समन्वय गरि दिनु हुन अनुरोध समेत गर्नुभयो ।

नेपाल नेत्र ज्योति संघ ,हिरालाल सन्तुदेवी प्रधान नेत्रविज्ञान अध्यन संस्थान, भरतपुर आँखा अस्पताल चितवन तथा ईश्वरपुर नगरपालिकाको संयुक्त सहकार्यमा ईश्वरपुरमा आँखा अस्पताल खुलेको छ।

एदघाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरी, लालबन्दी नगरपालिका नगर प्रमुख बासुदेव अधिकारी, चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतो, बर्दीवास नगर प्रमुख प्रहलाद कुमार क्षेत्री, इश्वरपुरका उपमेयर रंजिता चौधरी,समाजसेवी जोगनारायण चौधरी विभिन्न वडाका वडा अध्यक्ष, लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button