५ माघ २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
जनमत पार्टीले रंगभेद विरुद्ध एकता दिवस सदरमुकाम मलंगवामा मनायो – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

जनमत पार्टीले रंगभेद विरुद्ध एकता दिवस सदरमुकाम मलंगवामा मनायो

मलंगवा । सर्लाही सदरमुकाम मलंगवामा रंगभेद विरुद्ध जनमत पार्टी सर्लाहीले एकता दिवस मनाइएको छ । आज जनमत पार्टी जिल्ला समन्वय समिति, सर्लाहीको आयोजनामा रंगभेद विरुद्धको एकता दिवस मनाइएको सर्लाही जिल्ला ईन्चार्ज श्रीचन यादवले जानकारी दिनुभयो ।

रंगभेद आक्रमण अन्त गर, रंगभेद गर्न पाइदैन, धोती भैया भनेर हेप्ने पाइदैन, रंगको आधारमा विभेद गर्न पाउदैन, मधेशी एकता जिन्दाबाद लगायतको नारा घन्काउँदै जनमत पार्टीले रंगभेद विरुद्ध एकता दिवस मनाइएको जिल्ला इन्चार्ज यादवले जानकारी दिनुभयो ।

संयुक्त राष्ट्रसंघले सन् १९६५ मा जातीय विभेद उन्मूलन सम्बन्धी महासन्धि पारित गरेको दिनदेखि हरेक वर्ष मार्च २१ मा विश्वभरि रंगभेद विरुद्धको दिवस मनाउने गरिएको छ । सोही अनुसार आज सर्लाहीमा पनि पार्टीको तर्फबाट ¥यालीसहित नगरपरिक्रमा तथा कोणसभा गरी दिवस मनाइएको जनमत पार्टीले जनाएको छ ।

संसारमा ठुलै र थुप्रै परिवर्तनहरु भईसक्दा पनि जातिय चिन्तन र रंगभेदको समस्याले अझै पनि समाजलाई पछाडि धकेलिरहेको अवस्थामा दिवसले ठुलो महत्व राख्ने जनमत पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज श्रीचन यादव(सुजन)ले बताए । नेपालको संविधानले पनि जात तथा रंगको आधारमा कसैलाई भेदभाव गर्न नपाईने व्यवस्था गरेको बताउँदै जिल्ला ईन्चार्च सुजनले जातीय तथा रंगभेदविरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

उनले अझै पनि जात र रंगकै आधारमा दलित तथा मधेशी समुदाय हेपिनु परिरहेको अवस्था रहेकोले यसको उन्मूलनको लागि राज्यले कडा कदम चाल्नु पर्ने बताए ।

उनले जनमत पार्टीले आयोजना गरेको कार्यक्रममा उत्साहपूर्ण सहभागिताको लागि सबै नेताकार्यकर्ता, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरुलाई धन्यवाद दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button