ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय
बरहथवामा राष्ट्रिय मगही भाषा सम्मेलन हुने
सर्लाही,१४ मंसिर । सर्लाहीको बरहथवा नगरपालिकामा राष्ट्रिय मगही भाषा सम्मेलन हुने भएको छ । बरहथवा नगरपालिका वडा नं. १० को सहयोग, मगही फाउण्डेशन नेपाल तथा परिवर्तन बरहथवाको आयोजनामा भोली शनिवार मगही भाषा सम्मेलन हुने भएको छ ।
बहुजन दिपक सहीद रामाश्रयजीको २६ औँ स्मृती दिवसको अवसरमा मगही भाषा सम्मेलन गर्न लागिएको आयोजक परिवर्तन बरहथवाले जनाएको छ ।