६ माघ २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा दुई वटा चिनि मिल संचालन, उखुको समर्थन मूल्य बढयो – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीमा दुई वटा चिनि मिल संचालन, उखुको समर्थन मूल्य बढयो

सर्लाही,१४ मंसिर ।सर्लाहीमा दुई वटा चिनि मिल संचालनमा आएको छ । सर्लाहीका तीनवटा चिनी उद्योगमध्ये अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदह संचालनमा आएका छन् ।

अन्नपूर्ण चिनी उद्योग चार दिनअघि देखि संचालनमा आएको छ भने महालक्ष्मी चिनी उद्योग बगदह भनो हिजो बाट संचालनमा आएको छ । त्यस्तै इन्दुशङ्कर चिनी उद्योग हरिवन भने दुुई सातापछि मात्रै संचालन हुने भएको छ । इन्दुशङ्करका उखु प्रवन्धक योगनारायण रजकले मङ्सिर २७ गतेदेखि उद्योग चालू गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

यसैगरी सरकारले उखुको समर्थन मूल्य बढाएर निर्धारण गरेको छ। उखु मिलले किसानहरूलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि गर्ने निर्णय सरकारले गरेको हो।जसअनुसार अब किसानले प्रतिक्विन्टल झन्डै ५ सय ८५ रुपैयाँ उखु मिलबाट पाउनेछन् ।सरकारले उखु किसानलाई अनुदानबापत दिने रकम भने निर्णय हुन बाँकी छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button