५ माघ २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
लालबन्दी नगर वाङ्मय परिषद द्वारा आयोजित लालबन्दी साहित्य महोत्सव सम्पन्न, विभिन्न विधाको व्यक्तिलाई सम्मान – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजसाहित्यस्थानीय

लालबन्दी नगर वाङ्मय परिषद द्वारा आयोजित लालबन्दी साहित्य महोत्सव सम्पन्न, विभिन्न विधाको व्यक्तिलाई सम्मान

सर्लाही,१५ मंसिर। सर्लाहीको लालबन्दी नगरपालिकामा लालबन्दी साहित्य महोत्सव सम्पन्न भएको छ ।  लालबन्दी नगर वाङ्मय परिषदको आयोजनामा गरिएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठान  कमलादी काठमाडौं का कुलपति  भूपाल राईले गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रम पश्चात् लालबन्दी नगर वाङ्मय परिषदले विभिन्न  बिधाका विभिन्न व्यक्तिलाई सम्मान गरेको  छ।लालबन्दी नगर वाङ्मय परिषदले स्थानीय प्रतिभा पुरस्कार बाट सर्लाहीका पत्रकार शंकर श्रेष्ठलाई नगद रु २५ हजार सहित प्रमाणपत्र बाट सम्मान गरेको छ।

त्यस्तै लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार बोराका लेखक तथा पत्रकार अखण्ड भण्डारीलाई पनि नगद रु ५० हजार नगद तथा प्रमाणपत्र  लालबन्दी नगर वाङ्मय परिषदले  सम्मान गरेको छ।

यसैगरी  नेपाली साहित्यका प्रथम सहिद कृष्णलाल स्मृति पुरुषकार बाट  पत्रकार तथा वरिष्ठ  साहित्यकार रोचक घिमिरे सम्मानित हुनुभएको छ। उहालाई नगद रु ५० हजार तथा प्रमाणपत्र बाट सम्मान गरिएको छ।

पुरस्कार वितरण लालबन्दी नगर वाङ्मय परिषद्का अध्यक्ष अच्युत अधिकारी, नेपाल प्रज्ञा प्रतिष्ठान  कमलादी काठमाडौं का कुलपति  भूपाल राई, लालबन्दी नगर प्रमुख बासुदेव अधिकारी, विशिष्ट अतिथि  डां घनश्याम न्यौपाने, प्राज्ञिक  सभा सदस्य  नेपाल प्रज्ञाप्रतिष्ठानका चेतनाथ धमला, लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपानेले गर्नुभएको थियो ।

त्यस्तै गजलकार विवश पौडेल द्वारा लिखित धर्तीको जुन गजल सङ्ग्रह, कवि सुमन घिमिरे अग्रिम द्वारा लिखित प्यालासँग  नया कविता  सङ्ग्रह, समाजसेवामा बासुदेव अधिकारीको जिवनी सङ्ग्रह र कथाकार देवराज पौडेल  द्वारा लिखित मानवता हराएका सहर कथा सङ्ग्रहको लोकार्पण गरिएको आयोजक लालबन्दी नगर वाङ्मय परिषद्ले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि कुलपति राईले पहिला पहिला ज्ञानको क्षेत्र भनेको काठमाडौंलाई बुझदथ्यो तर अहिले ज्ञानको क्षेत्र अब देशैभरीको गाउँ ठाउँ रहेको उहाले बताउनुभयो । उहाले नेपाल प्रज्ञा प्रतिष्ठान अब विधार्थी तथा नागरिकहरु सग भिजी गाउँ गाउँ तथा मधेश बाट रैथाने ज्ञानहरु निकालने उहाले बताउनुभयो

लालबन्दी साहित्य महोत्सव २०८१ मा कवि, साहित्यकार, गजलकार, कथाकारहरुले विभिन्न रचनाहरु समेत वाचन गरेका थिए ।

प्रत्येक वर्ष झै यश वर्ष पनि लालबन्दी नगर वाङ्मय परिषदले लालबन्दी साहित्य महोत्सव गर्ने गरेका छन जसमा नेपाल भरीकै कवि साहित्यकारको उपस्थिति हुने गरेको सुमन घिमिरेले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button