कविलासी नगरपालिकामा जता ततै विकास भएको छ : नगर प्रमुख राय
सर्लाही । सर्लाहीको कविलासी नगरपालिका विकासको गति समातेको कविलासी नगरपालिकाका नगर प्रमुख(मेयर) ब्रहम देव रायले दावी गर्नुभएको छ । कविलासी नगरपालिकामा अहिले बाटोघाटो, कृषि, भौतिक संरचना निर्माण लगायतको विभिन्न विकासका पुर्वाधारमा नगरपालिकाका अघि बढेको छ । मंगलवार पत्रकार सम्मेलन गर्नु हुदैँ उहाँले कविलासी नगरपालिकामा७५ प्रतिशत बाटो कालोपत्रे भएको, विद्यालयहरुमा करौडोको लागतमा भौतिक संरचना निर्माण भएको, किसानहरुलाई ५० प्रतिशत अनुदानमा गहुँको विउँ वितरण, नगरभित्रका किसानहरुको लागि कृषि मिटरको महसुल नगरपालिका बाट नै तिरिदिने, जमुनिया रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याब संचालन, वडा नं. २ मा रहेको विद्यालयमा शिशु कक्षा देखि ३ कक्षा सम्म अंग्रेजी माध्यमबाट पठन पाठन भएको लगायत अन्य विकास निर्माण कार्य गरी कविलासीमा जताततै विकास निर्माण कार्य भएको बताउनुुभयो ।
नगर प्रमुख रायले कविलासी नगरपालिका विकास निर्माण कार्यमा अघि बढे पनि केही व्यक्तिहरु आफुहरुको बदनाम गराउन दुुष प्रयास गरीरहेको आरोप लगाउनुुभयो । नगर प्रमुख रायले कविलासीमा अर्बौ रकमको विकास कार्य भइ रहदा पनि जनमत पार्टीका नेता दिगेश्वर रायले कविलासीमा विकास नै नभएको हल्ला गर्दै अहिलेका जनप्रतिनिधिहरुलाई बदनाम गरिरहेको आरोप लगाउनुुभयो ।
कविलासी नगरपालिकाको प्रशासनिक भवन फुगुन सम्म निर्माण कार्य सकिने, गैर देखि पिपरीया निस्कने बाटो पिपरीया सम्म नै कालोपत्रे भैसकेको, विभिन्न विद्यालयमा भौतिक संरचना निर्माण,सामुदायिक आधारभुत सेवा सञ्चालन, शिघ्र नगरपालिकामा आँखा अस्पताल सञ्चालन हुने लगायतको विकास निर्माण कार्य भैरहदा पनि जनप्रतिनिधिहरु उपर झुठा आरोप लगाएका प्रति आफुहरुको मन खिन बनेको नगर प्रमुख रायको दुखेसो रहेको छ ।
उपमेयर पुनम कर्णले कविलासी नगरपालिका विकासको गतिमा रहेको बताउनुुभयो । उहाले उपमेयरको अन्डरमा रहेको शाखाका कर्मचारीहरुले आफुलाई असहयोग गरेको बताउनुुभयो ।
पत्रकार सम्मेलनमै वडा नं. २ का वडा अध्यक्ष रामपुकार मण्डलले आफु एकिकृत समाजवादी पार्टीबाट निर्वाचित भए पनि विकास बजेट अन्य वडाकै सरह आफ्नो वडामा आएको बताउनुुभयो । दिगेश्वर नायकले झुठा आरोपको खेती मात्र गरेको उहाले बताउनुुभयो । सबै वडामा सम्मान जनक विकास भएको छ, बाल गोबिन्द जन्ता माध्यमिक विद्यालयमा वर्षेनी बजेट आउने गरेको हुदाँ शिक्षाको गुणस्तर पनि राम्रो रहेको, किसानहरुलाई जनप्रतिनिधिहरुले नै घरदैलो गरी अनुुदानमा बिउ वितरण गरेको भएपनि जनमतका नेता नायकले हावा जस्तै झुठा अफबाह फैलाएको उहाले बताउनुुभयो ।
यसैगरी वडा नं. १ का वडा अध्यक्ष दिपलाल राय यादवले नगरपालिकाको बजेट शिक्षा, स्वास्थ्य , बाटोघाटो, कृषि लगायतको क्षेत्रमा लगानी हुने गरेको बताउनुुभयो । म आफै सबै १ सय ६५ किसानहरुको रकम उठाई राजस्व तिरेर गाउँमै अनुदानमा गहुँको विउ वितरण गरेपनि जनमतका नेता नायकले जन्तामा फ्रम फैलाउने गलत विषय उठाएको बताउनुुभयो । वडा नं. १ मा मात्र ७ करोड बढिको बिकास भएको र बिकास निर्माण कार्य नभएको लाग्ने व्यक्तिलाई आफ्नो वडामा आउन निम्तो गरेको उहाले बताउनुुभयो ।
वडा नं. ९ का वडा अध्यक्ष राम दिनेश रायले नगरपलिकामा विकास निर्माणको कार्य तिब्र भएको र ति कामहरु जन्तामाझ बुुझाउनुपर्ने उहाको तर्क रहेको छ । आफनो वडामा अनुदानमा गहुँको बिउ लिन सूचना जारी हुदाँ पनि १५ जना किसानले मात्र आवेदन दिएको पछि आफु किसानहरुको घर घरमै गई १ सय २५ किसान सँग आवेदन दिन लगाएको उहाँले बताए ।
वडा नं. ३ का वडा अध्यक्ष रामविश्वास रायले दिगेश्वर नायक भ्रमको खेती गरिरहेको बताउनुुभयो । नगरपालिकामा विकास निर्माण कार्य हुदाँ पनि केही व्यक्तिले गलत प्रचारबाजी गरेको हुदाँ त्यस्ता व्यक्तिलाई जन्ताले लखेटने उहाले बताउनुुभयो ।
वडा नं. ७ का वडा अध्यक्ष धरमेन्द्र रायले आफ्नो वडामा ८ करोडको विकास निर्माण कार्य भएको बताउनुुभयो । विद्यालय भवन निर्माण, योगा भवन निर्माण, बाटो ढलान, गैर विद्यालयमा १ करोड २० लाख बराबरको विद्यालय भवन निर्माण, शलेश मन्दिर निर्माण,ब्रह्म्बाबा मन्दिर निर्माण, २ सय वडा भित्रका किसानलाई गहुको बिउँ अनुदानमा वितरण भएको तर पनि आँखा नदेखिने पात्रले आफुहरुको बदनाम गरिरहेको बताउनुुभयो । दिगेश्वर नायकले अफवाह बाहेक अरु केही काम नगरेको उहाले आरोप लगाउनुुभयो ।