सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं १ किसनपुरमा भएको प्रथम मेयर कप पहिलो सिजन क्रिकेट प्रतियोगिताको उपाधि चक्रघट्टाले उचालेको छ।
आयोजक किसनपुरले १३ ओभरमा ८६ रन बनाएको थियो ।
चक्रघट्टाले ११ ओभरमै ८७ रन लक्ष्य पूरा गरी उपाधि उचालेको हो ।
चन्द्रनगर गाउँपालिका वडा नं १ किसनपुरको आयोजना तथा रंजित साहको सह आयोजनामा सुरु भएको प्रतियोगितामा प्रथम हुने चक्रघट्टालाई समापन कार्यक्रमका प्रमुख अतिथि राजकुमार महतो, कार्यक्रमका अध्यक्ष रंजित साह, वडा नं १ का वडा अध्यक्ष रामेश्वर प्रसाद महतो, मेडिसिटि फार्मेसीका संचालक रामबली महतो, समाजसेवी रामपृत महतोले संयुक्त रुपमा प्रथम पुरस्कार र दोस्रो पुरस्कार वितरण गरेका थिए ।
प्रथम पुरस्कार नगद रु ३० हजार, कप मेडेल तथा प्रमाणपत्र चक्रघट्टाले प्राप्त गरेका छन भने दोस्रो पुरस्कार किसनपुरले नगद रु १५ हजार कप मेडेल तथा प्रमाणपत्र प्राप्त गरेका थिए।
प्रथम मेयर कप पहिलो सिजन क्रिकेट प्रतियोगितामा सर्लाही भरिको गरि ३२ टिमको सहभागीता रहेको थियो। यसैगरी विभिन्न व्यक्ति तथा खेलाडीहरुलाई सम्मान समेत गरिएको थियो ।