१२ आश्विन २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
चन्द्रभुषणको राजनीति दशा र दिशा पुस्तक विमोचन – Nigrani Today
ताजा खबरराजनीतिसमाचार

चन्द्रभुषणको राजनीति दशा र दिशा पुस्तक विमोचन

काठमाडौं । चन्द्रभुषण साहद्धारा लिखित ‘नेपालको राजनीति दशा र दिशा’ नामक पुस्तकको सोमबार बिमोचन गरिएको छ । काठमाडौंको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीचमा सो पुस्तकको आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विमोचन गरेका छन् ।

सो पुस्तकको प्रकाशन कुशवाहा बिजनेस भेन्चरले गरेको हो । आजपाका प्रवक्ता समेत रहेका पुस्तकका लेखक साहले पुस्तकको बिक्रीबाट प्राप्त÷आर्जित हुने मुनाफाको ५० प्रतिशत रकम सार्वजनिक हितको कार्यमा खर्च गरिने बताए । पुस्तकले नेपालमा वैकल्पिक बहस र आलोचनात्मक चेतनालाई बढावा दिने, खुला एवं स्वस्थ संवादलाई प्रोत्साहन गर्ने तथा समाज र देशको गुणात्मक सुधारमा समेत महत्वपूर्ण भूमिका एवं योगदान पुर्याउँने उनले बताए ।

‘देशको समसमायिक राजनीति परिवेश एवं बदलिदो परिदृश्यलाई आत्मसात गर्दै देशमा बढ्दो अस्थिरता, अन्यौलता, विरोधाभासपूर्ण गलत संबैधानिक प्रावधानहरु, साँस्कृतिक विचलनता, आर्थिक एवं राजनीतिक संकट र कुशासनको दुस्चक्रमा फसेका आम नेपाली जनजीवनसंग प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सरोकार राख्ने विषयवस्तु केन्द्रित रहेको छ’ साहले भने, ‘सोही समस्याको बस्तुगत पहिचान एवं विश्लेषण सहित ठोस एवं दीर्घकालिक समाधानको आधार तयार गर्ने दिशामा एउटा कोसेढुङ्गा सावित हुने गहिरो अपेक्षा एवं दृढ विश्वास सहित पुस्तक लेखेको छु ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.