२३ पुष २०८१, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चन्द्रनगरमा विधार्थीहरुलाई शैक्षिक सामग्री सहित व्याग वितरण – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाज

चन्द्रनगरमा विधार्थीहरुलाई शैक्षिक सामग्री सहित व्याग वितरण

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा वडा नं ७ चन्द्रनगरमा रहेको जनता प्राथमिक विधालयमा विधार्थीहरुलाई शैक्षिक सामग्री सहित व्याग वितरण गरिएको छ। आज जनता प्राथमिक विधालयको आयोजना तथा हेलम्बु ऐजुकेशन एण्ड लाईभहुड पार्टनसीप हेल्प नेपाल काठमाडौंको सहयोगमा र विधालय व्यवस्थापन समितिका अध्यक्ष शिवनारायण कुँवरको अध्यक्षतामा शैक्षिक सामग्री वितरण गरिएको छ।
विधार्थीहरुलाई जुमेट्री बकस, नेपाली र अंग्रेजी कपि दुई दुई थान , ड्रविङ्ग कपि, पेन्सिल, पानी बोटल, कायो, कलर पेन्सिल, बालबालिकाको लागि सरसफाइ सामग्री सहित ब्याग वितरण गरिएको छ । सरसफाइ सामग्रीमा ब्रस, कोलगेट,नेलकटर, हातधुने साबुन लगायत विभिन्न सामग्री वितरण गरिएको विधालयका शिक्षक तेजनारायण चौधरीले जानकारी दिनुभयो । उक्त सामग्रीहरु कक्षा १ देखि ५ समका विधार्थी गरी १ सय २६ जनालाई वितरण गरिएको शिक्षक चौधरीले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि दिपेन्द्र चौधरीले यश विधालयमा आफुले अंग्रेजी माध्यमबाट पठन पाठन सुरु गराउन पहल गरिरहेको बताउनुभयो ।


प्रधानाध्यापक सुरेश कुमार रायले सहयोगी संस्थाको सहयोग मात्र नभई एक किसिमको लगानी गरेर विधार्थीहरुलाई शिक्षामा पुनर्बल प्रदान गरेको बताउनुभयो ।
दनुवार कल्याण कर्मचारी संघ सर्लाहीका जिल्ला अध्यक्ष प्रमोद सिंहले शैक्षिक सामग्री सहित व्याग वितरणले विधार्थीहरु उत्साहित भएको बताउनुभयो ।उहाले मोबाइलले गर्दा बालबालिकाको पठन पाठन धरापमा परेको हुदा अभिभावकले पढने समयमा मोबाइल नदिन आग्रह गर्नुभयो ।
हेल्प नेपालका अधिकृत किशोरराज श्रेष्ठले अहिले सममा सामुदायिक विधालयहरुमा १ लाख २८ हजार ओटा विधालय झोला वितरण गरिसकेको बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button