११ माघ २०८१, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिपूर्वामा सडक कालोपत्रे हुने – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

हरिपूर्वामा सडक कालोपत्रे हुने

सर्लाहीको हरिपूर्वा नगरपालिकामा पहिलो पटक सडक कालोपत्रे हुने भएको छ । स्थानीय तह कायम भएदेखि हरिपूर्वामा सडक ग्राभेल र ढलानको काम मात्रै हुँदै आएको थियो । यहाँ बाँके–संग्रामपुर सडकमा हुलाकी सडक आयोजनाले गरेको कालोपत्रेबाहेक पालिका मातहतको कुनै पनि सडक ‘पिच’ हुन सकेको थिएन ।

यो वर्ष भने पहिलो पटक कालोपत्रे सडकको निर्माण कार्य सुरु भएको हो । हरिपूर्वा नगरपालिका–६, स्थित पशु सेवा केन्द्रदेखि पश्चिम धनकौल हुँदै डुमरिया जोड््ने २.५ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का लगाइएको नगरपालिका कार्यालयले जनाएको छ ।

सडक कालोपत्रे कार्यको आज बिहान नगरप्रमुख विनोदकुमार साह तेली, उपप्रमुख सुमित्रादेवी ग्वारनी, हरिपूर्वा ६ का वडाध्यक्ष राम सोगारथ राय यादव र प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साहले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।

सडक कालोपत्रेका लागि ९ करोड ४५ लाख ६६ हजार ५६२ रुपैयाँ २ पैसामा ठेक्का लागेको छ । संघीय समपुरक अनुदानबाट बहुवर्षे योजना अन्तर्गत सडक कालोपत्रे हुन लागेको प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साहले बताए ।

राष्ट्रिय योजना आयोग र नगरपालिकाले आधा÷आधा बजेट बेहोर्ने सम्झौता गरेका छन् । २०८३ साल साउन २० गतेभित्र सडक कालोपत्रेको काम पूरा गर्ने ठेक्का सम्झौतामा उल्लेख छ ।

जनप्रतिनिधिबिच विवाद भएर वर्षेनि आर्थिक वर्षको अन्तिमतिर मात्रै बजेट पारित भइ हतार–हतारमा योजना सन्चालन हुने हरिपूर्वामा यो वर्ष गत असारमा नै बजेट पारित भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button