१२ आश्विन २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्स शाखामा तीजको उल्लास – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्स शाखामा तीजको उल्लास

बर्दिबास, भदौं ३१ गते।  गाऔं स्वर खोलेर दिदी र बहिनी
नाचौं न मिलेर दामली सैनी
तीजको रहर आयो बरी लै
तीजको रहर आयो बरी लै…
जब यो कर्णप्रिय गीत गाउँ, बस्ती, सभा, सम्मेलनमा गुञ्जिन थाल्छ अनि हिन्दु नारीहरुको महान् चार्ड तीज आएको संकेत गर्दछ । जहाँ दिदी–बहिनीहरु बर्षभरीका पीडा बिर्सेर छमछमी नाच्छन् । शनिबार प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्समा कार्यरत महिला कर्मचारी र अभिकर्ताहरु दर खाएर तीज पर्वको माहौलमा छम छमी नाचें । रमाइलो गरे । रातो साडी, चुरा, पोते, रातो धागो, विभिन्न गरगहनामा सजिएकी नारीहरुले साथीसंगीमा तीजको शुभकामना साटे । त्यसमा शाखा प्रबन्धकहरुले साथ दिए । महोत्तरीको बर्दिबासस्थित होटल रेड क्राउनमा प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्स जनकपुर र बर्दिबास कार्यालयले संयुक्त रुपमा आफ्ना महिला कर्मचारी र अभिकर्ताहरुका लागि तीज बिशेष कार्यक्रमको आयोजन गरेको थियो ।


बर्ष दिनमा आउने तीजमा नारीहरु कामकाजबाट बिदा लिएर नाचगान गाउँदै रमाउँछन् । प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्समा आवद्ध दिदी बहिनीहरु दरको रुपमा मिठो परिकार खाएर तीजको बिशेष समारोहमा नाच्दै, गाउँदै एक आपसमा तीजको खुशीयाली साटासाट गर्दै बर्षभरीका दुःख, कष्ट, पीडा बिर्से । नौडाँडा काटेर गएका चेली भाग्यले भेट हुन पाएको, अर्को वर्ष भेट होला नहोला ? को कहाँ पुग्ने केही थाहा नभएकाले दुःख बिर्सिएर मनको धोको पुर्याएर नाच र गाउन उनीहरुले सबैले सबैलाई आग्रह गरे । तीज बिशेष गीतले कार्यक्रम उत्सवमय बनेको थियो ।
तीज विशेष कार्यक्रमा दिदीबहिनीहरुलाई शुभकामना प्रदान गर्न प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्स मधेश प्रदेशको उप–क्षेत्रिय प्रमुख एलवी थापा, जनकपुर कार्यालयका प्रमुख राम बरण मण्डल, बर्दिबास कार्यालयका प्रमुख राकेश कुमार सिंह सहभागि थियो । तीजको शुभकामना दिदैं बर्दिबास कार्यालयका प्र्रमुख राकेश सिंहले जीवन बीमा गर्नु भनेको धनी हुनलाई मात्रै नभएर गरिब हुन नदिनका लागि रहेको उल्लेख गरे । कार्यक्रमा टिकटोक स्टार निभा यादव र रिंकु यादवको बिशेष उपस्थितले कार्यक्रममा उल्लांस थपिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.