१२ आश्विन २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
हरिपुर नगरपालिकाको नगरस्तरीय स्वास्थ्य वार्षिक समिक्षा गोष्ठी सम्पन्न – Nigrani Today
ताजा खबर

हरिपुर नगरपालिकाको नगरस्तरीय स्वास्थ्य वार्षिक समिक्षा गोष्ठी सम्पन्न

सर्लाही,१ असोज। सर्लाहीको हरिपुर नगरपालिकाको नगरस्तरीय स्वास्थ्य वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ। हरपुर नगरपालिकाको सभा हलमा जारी समिक्षा गोष्ठीको नगरप्रमुख गोपाल पजियारले उद्घाटन गर्नुभएको थियो।

 शनिबार उद्घाटन गरिएको  गोष्ठीमा उप प्रमुख निलम राय , प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेल ,जिल्ला अस्पताल  सर्लाहीका प्रमुख डाक्टर नवलकिशोर झा, प्रदेश स्वास्थ निर्देशनालयका तथ्यांक अधिकृत लालबाबु राय लगाएको सहभागीता रहेको हरिपुर नगरपालिका अन्तर्गत स्वास्थ शाखाका कार्यक्रम संयोजक नरेश ठाकुरले जानकारी दिनुभयो ।

 गोष्ठीमा सहभागी स्वास्थ्यकर्मीले स्वास्थ्य संस्थाबाट हुदै आएको सेवालाई थप प्रभावकारी बनाउँदै  लैजाने र सरुवा रोग नियन्त्रणमा सक्रिय भएर लाग्न आवश्यक रहेका बताएका छन।

 हरिपुर नगरपालि भित्र ९८ जना क्षयरोगी रहेकोमा  ८८ जनालाई फोक्सोका संक्रमण भएको  ठाकुरले जानकारी दिनुभयो । धूमपानबाट बढी  फोक्सोमा क्षयरोगको संक्रमण हुने गरेको उहाँले जानकारी दिनुभयो ।

क्षयरोगीमध्ये केही  पुरानालाई पुनः दोहोरीएको र नयाँ संक्रमित हुनेको दरमा समेत  कमी नआएकाले नगरलाई क्षयरोग मुक्त नगर घोषणा गर्न चुनौती रहेको कार्यक्रम संयोजक ठाकुरको भनाइ छ।

कार्यक्रममा आर्थिक वर्ष २०७९/८० मा सम्पादित कार्यक्रमको समीक्षा गर्नुका साथै वार्षिक योजना र कार्यक्रमको बारेमा छलफल भएको बताएको छ।क्षयरोग निर्मूल गर्नका लागि स्थानीय  जनप्रतिनिधि, सामुदायिक तथा निजी स्वास्थ्य संस्था, समाजसेवी, राजनीतिक दलको साथ र सहयोग आवश्यक रहेको बताएको छ। शनिबारदेखि सुरु भएको गोष्ठी आइतबार सकिएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.