१५ माघ २०८१, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
ईश्वरपुरमा एकिकृत प्रजनन स्वास्थ्य शिविरको उद्घाटन – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

ईश्वरपुरमा एकिकृत प्रजनन स्वास्थ्य शिविरको उद्घाटन

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकामा एकिकृत प्रजनन स्वास्थ्य शिविर सुरु भएको छ । यो समाचार तयार पर्दा सम्म ९३ जनाको पाठेघरको मुखको क्यान्सर जाँच गरिएको छ । पाठेघरको मुखको क्यान्सर जाँच, पाठेघर झर्ने, तथा महिलामा हुने प्रजनन रोग सम्बन्धी जाँच र उपचारका लागि एकिकृत प्रजनन स्वास्थ्य शिविर सुरु भएको ईश्वरपुर नगरपालिकाले जनाएको छ । शिविरको उद्घाटन आज ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार आचार्यले गर्नुभयो। जनसेवा अस्पताल प्रालि बर्दिवादको प्राविधिक सहयोग र ईश्वरपुर नगरपालिकाको आयोजनामा भएको शिविरमा महिलामा हुने प्रजनन स्वास्थ्य समस्याहरूको समयमै जाँच र उपचार गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ।

शिविरको मुख्य उद्देश्य महिलाहरुमा हुने विभिन्न प्रजनन सम्बन्धी रोगहरूको पहिचान र उपचार गर्नु रहेको छ। यसमा विशेष गरेर पाठेघरको मुखको क्यान्सर जाँच, पाठेघर झर्ने समस्याहरूको उपचार र अन्य प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध गराइने छन्। पाठेघरको मुखको क्यान्सर जाँच, पाठेघर झर्ने समस्याहरूको निःशुल्क अपरेशन गरिने नगरपालिकाले जनाएको छ ।
ईश्वरपुर नगरपालिकाका मेयर आचार्यले उद्घाटन कार्यक्रममा बोल्दै भने, “महिलाहरूको स्वास्थ्य हाम्रो लागि उच्च प्राथमिकता हो। शिविरले समुदायमा स्वास्थ्य शिक्षा र उपचारको पहुँचलाई बढावा दिनेछ।“


जनसेवा अस्पताल प्रालिका प्राविधिक सहयोगले यस शिविरमा उपलब्ध हुने सेवाहरू अझ प्रभावकारी र उच्च गुणस्तरका हुने छन्। शिविरमा महिलाहरूलाई निःशुल्क स्वास्थ्य जाँचका अवसरहरू पनि प्रदान गरिने नगर प्रमुख आचार्यले बताउनुभयो ।
शिविरको आयोजनाले समुदायमा प्रजनन स्वास्थ्यको महत्त्वलाई उजागर गर्दै महिलाहरूको स्वास्थ्यको अवस्था सुधार गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।
शिविरले ईश्वरपुर क्षेत्रका महिलाहरूलाई स्वस्थ र सक्रिय जीवन जीव्नका लागि थप सहयोग पुर्याउने स्थानियहरुले विश्वास व्यक्त गरेका छन । शिविरमा नगर प्रमुख आचार्यले हर्लिक्स पनि वितरण गरेका थिए ।
यसैगरी स्वास्थ्य कार्यालय सर्लाही र ईश्वरपुर नगरपालिकाको समन्वयमा नगर अस्पतालमा परिवार नियोजन शिविर पनि चलिरहेको छ । आज ४५ जना परिवार नियोजन गर्नेलाई नगरपालिकाको तर्फ बाट हरलिक्स वितरण गरिएको ईश्वरपुर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुगेन्द्र महतोले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button