१७ माघ २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
दुई पालिकामा ७ हजार ३ सय बालबालिकालाई न्यानो कम्बल वितरण हुदै – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाज

दुई पालिकामा ७ हजार ३ सय बालबालिकालाई न्यानो कम्बल वितरण हुदै

सर्लाही,१७ माघ । सर्लाहीको हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकामा बालबालिकाहरुलाई न्यानो कम्बल वितरण गरिएको छ। वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा बागमती सेवा समाज नेपाल द्वारा संचालित बाल स्पोन्सरशिप परियोजना अन्तर्गत ७ हजार ३ सय बालबालिकालाई न्यानो कम्बल वितरण गरिने छ । हरिपुर्वा र पर्सामा बुधवार र आज गरि ३ हजार ५ सय बालबालिकालाई कम्बल वितरण गरिएको छ बाकी कम्बल केही दिनमै वितरण गरिने परियोजना संयोजक प्रमेश वाँदेले जानकारी दिनुभयो ।
हरिपुर्वामा बुधबार १ हजार ५ सय र पर्सामा आज १ हजार शितलहर तथा जाडो बाट प्रभावित बालबालिकालाई न्यानो कम्बल वितरण गरिएको आयोजकले जनाएको छ। कम्बल वितरण कार्यक्रममको उद्घाटन आज पर्सा गाउँपालिका अध्यक्ष धिरेन्द्र राय यादवले गरेका थिए । आज पर्सा गाउँपालिका वडा नं १,२,३,४र ५ मा न्यानो कम्बल वितरण गरिएको छ ।
हिजो कम्बल वितरण कार्यक्रमको शुभारम्भ हरीपुर्वानगरपालिका उप प्रमुख सुमित्रा देवी ग्वारिन, वडा-९ का वडा अध्यक्ष , वर्ल्ड भिजनका फिल्ड डाइरेक्टर सीता चौधरी र बागमती सेवा समाज नेपालका भुपु अध्यक्ष भरत कार्की लगायतका व्यक्तिहरूको उपस्थितिमा गरिएको थियो।

कार्यक्रमको संयोजक बादेले बताएअनुसार, यस कम्बल वितरणको उद्देश्य बढ्दो चिसो र सितलहरबाट बालबालिकालाई सुरक्षित राख्नु हो।

फिल्ड कर्मचारी सुबोध कुमार महतोले पनि कार्यक्रमको दौरान बालबालिकाहरुलाई चिसो र सितलहरबाट बच्ने उपायहरूको बारेमा जनचेतना गराएको जानकारी दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button