९ फाल्गुन २०८१, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
कुपोषित बालबालिका पहिचान तथा परामर्श शिविर सम्पन्न – Nigrani Today
Uncategorized

कुपोषित बालबालिका पहिचान तथा परामर्श शिविर सम्पन्न

महोत्तरी, ९ फागुन । कुपोषित बालबालिकाहरुको पहिचान गरी परामर्श दिने र उपचारमा सहजीकरण गर्ने उद्देश्यले महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा कडा शिघ्र कुपोषण पहिचान तथा परामर्श शिविर आज  सम्पन्न भएको छ ।

कुपोषण न्युनिकरण गर्ने मधेश प्रदेश सरकारको घोषित लक्ष्यलाई सघाउ पु¥याउनका लागि आयोजना गरिएको उक्त शिविरमा मध्यम तथा कडा शिघ्र कुपोषण भएका ७० जना बालबालिकाहरुको सहभागिता रहेको थियो ।
शिविरमा आएका कुपोषित बालबालिकाका आमाहरुलाई पोषण पुनःस्र्थापना केन्द्र जनकपुरका ब्यवस्थापक किरण यादवको टोलीले परामर्श सेवा दिएको थियो ।

पौष्टिक खाद्य पदार्थको अभाव तथा पोषिलो खाद्य पदार्थ बारे जानकारीको अभावले पनि कुपोषण हुने कुरा शिविरमा संलग्न यादवले बताउनुभयो ।

“जन्मनासाथ बिगौती दुध खुवाउने, ६ महिनासम्मका शिशुलाई पूर्ण स्तनपान अनिवार्य गराउने, ६ महिना पछि पूरक खाना खुवाउनाले पनि कुपोषणको सम्भावना कम हुन्छ ।” यादवले भन्नुभयो “हरेक महिना स्वास्थ्य संस्थामा गएर शिशुको तौल, पाखुराको गोलाई नापेर शिशुको वृद्धि अनुगमन गरी कुपोषण पहिचान गर्न सकिन्छ र घर एवं स्थानीय स्तरमा उपलब्ध पौष्टिक आहार शिशुलाई खुवाएर कुपोषणबाट जोगाउन सकिन्छ ।”

सम्सी प्राथमिक स्वास्थ्य केन्द्रमा सम्पन्न उक्त शिविरमा सहभागी बालबालिकाका आमाहरुलाई स्वास्थ्य एवं सरसफाई, शिशुको हेरचाहको बारेमा समेत परामर्श दिनुका साथै कडा शिघ्र कुपोषण भएका बालबालिकाकालाई खानको लागि तयार उपचारात्मक खाना (RUTF) समेत वितरण गरिएको थियो ।

उक्त शिविर सम्सी गाउँपालिकाको आयोजना, पोषण पुनःस्र्थापना केन्द्र, जनकपुरको प्राविधिक सहयोग एवं वल्र्ड भिजन इन्टरनेसनल नेपाल र एकीकृत ग्रामिण विकास समाज, महोत्तरीले सहयोगमा संचालन गरिएको थियो ।

शिविरमा पहिचान भएका मध्यम तथा कडा कुपोषित बालबालिकाहरुलाई स्थानीय स्वास्थ्य संस्था तथा पोषण पुनःस्र्थापना केन्द्रमा थप सेवाका लागि जानका लागि समेत उत्प्रेरणा दिइएको कुरा एकीकृत ग्रामिण विकास समाज, महोत्तरीका पोषण अधिकृत भूपेन्द्र निरौलाले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button