
प्रेमनाथ पौडेल
हरिवन । सर्लाहीको हरिवन नगरपालिकामा निःशुल्क आँखा उपचार भैरहेको छ । गौर आँखा अस्पताल, रौतहटको समन्वय तथा हरिवन नगरपालिका र बाल पोषण योजना, आँखा उपचार केन्द्र, सुखेपोखरीको आयोजनामा सुरु गरिएको आँखा परिक्षणमा हाल सममा ७६ जनामा मोतियाबिन्दु फेला परेको छ ।
बुधवार बाट सुरु गरिएको निःशुल्क आँखा परिक्षण शुक्रवार सम्म चल्ने हरिवन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम बाबु चौधरीले जानकारी दिनुुभयो । बुधवार १ सय १ जनाको आँखाको स्क्रिनिङ गरिएको थियो जस मध्ये २६ जनामा मोतियाबिन्दु देखा परेको थियो । आज दोश्रो दिन १ सय १५ जनाको स्क्रिनिङ गरिएकोमा ५० जनामा मोतियाबिन्दु देखा परेको स्वास्थ्य शाखा प्रमुख चौधरीले निगरानी टुडेलाई जानकारी दिए ।
पहिलो दोश्रो दिन गरी जम्मा जाँच २ सय १६ जना गरिएको हरिवन नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।आँखा शिविरको अनुगमन तथा सुपरिवेक्षण हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी र स्वास्थ्य शाखा प्रमुख चौधरीले निरन्तर रुपमा गरि रहनु भएको छ ।
मोतियाबिन्दु देखा परेका बिरामीहरुलाई निःशुल्क अपरेशन, निःशुल्क चश्मा, निःशुल्क औषधि समेत वितरण गरिएको हरिवन नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । आँखा शिविर भोलीसम्म संचालन हुने भएको हुदाँ सरोकारवाला व्यक्तिलाई सेवा लिन हरिवन नगरपालिकाले अनुरोध समेत गरेको छ ।