मलंगवामा बाज्जिका महोत्सव सम्पन्न, विभिन्न व्यक्तिहरु सम्मानित

सर्लाहीको मलंगवा नगरपालिकाको ३८ औ स्थापना दिवसको अवसरमा बाज्जिका महोत्सव सम्पन्न भएको छ । मलंगवा नगरपालिकाको आयोजना ,बज्जिका साहित्य समाज सर्लाहीको सहकार्यमा,नगर प्रमुख नागेन्द्र प्रसाद यादवको अध्यक्षता तथा मधेस प्रदेशका पुर्व अर्थमन्त्री संजय यादवको प्रमुख आतिथ्यतामा बाज्जिका महोत्सव आज सम्पन्न भएको हो ।
बाज्जिका समाज सर्लाहीका अध्यक्ष रामचन्द्र कुशवाहाको विशेष पहलमा भएको महोत्सवमा नेपाल सरकार तथा स्थानिय सरकारको निती अनुसार स्थानिय मातृभाषा लाई प्रवर्द्धन गर्ने उदेश्य साथ कार्यक्रम गरिएको बज्जिका साहित्य समाज सर्लाही तथा बज्जिका महोत्सव -२०८१का सदस्य सचिव मुकेश कुमार मिश्रले जानकारी दिनुभयो ।
कार्यक्रममा बज्जिका अन्तराष्ट्रिय साहित्यकार सम्मेलन समेत गरिएको थियो । कार्यक्रममा भारत नेपालका बज्जिका साहित्यकार, बज्जिकामा बिशेष योगदान दिने पत्रकार तथा अन्य व्यक्ति र बज्जिका भाषामा सपथग्रहण गर्नुभएको नेपाल सरकार,प्रदेश सरकारको सदस्यलाई सम्मान समेत गरेको छ ।
कार्यक्रममा मातृभाषाको महत्व वारे आवश्यक अन्तरक्रिया ,गित संगित जनचेतनामूलक कार्यक्रमहरु समेत गरिएको थियो ।