इश्वरपूरमा एमाले कमिटिको विस्तार ३ महिने अभियानको विस्तारित वैठक सम्पन्न

सर्लाहीको इश्वरपूर नगरपालिका–१, चौलीखा बजारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) द्वारा ३ महिने अभियानको विस्तारित वैठक सम्पन्न भएको छ। यस अभियानको प्रमुख उद्देश्य पार्टीका सदस्यहरूको सशक्तिकरण र जनतासँगको सम्बन्धलाई प्रगाढ बनाउनु रहेको छ।
कार्यक्रमका प्रमुख अतिथि इश्वरपूरका पूर्व मेयर मनोज कुमार बेवकाटा, अतिथिहरु माछा पालक कृषक महासंघको मधेश प्रदेश अध्यक्ष भिष्म यादव, एमालेका नेता मिन कुमार गौतम, सुशिला राज भण्डारी, सुनिल बस्नेत, वडा अध्यक्ष धमेन्द्र यादव, दिभ्या सिंह, पुरुषोतम वडाल, कासी लाल चौधरी, सरिता चौधरी लगायतका नेताहरुले आ आफनो मनतव्य दिएका थिए।
नेता भिष्म यादवले पार्टीको प्रतिबद्धता र जनताको पक्षमा कडा संघर्ष गर्ने विषयमा जोड दिए। साथै, कार्यक्रममा ‘जनताको बहुदलिय जनवाद–जिन्दावाद’ र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारासमेत प्रस्तुत गरिएको थियो।
नेताहरूले यस अभियानले पार्टीको आधारलाई सुदृढ पार्ने र जनताको पक्षमा कडा संघर्ष गर्न मार्गदर्शन प्रदान गर्ने अपेक्षा व्यक्त गरेका छन्।
कार्यक्रमले इश्वरपूर नगरपालिका–१ मा जनताको विश्वास जित्ने र पार्टीको सक्रियता बढाउने उद्देश्य पूरा गर्ने विश्वास दिलाएको छ।