१९ फाल्गुन २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
बालबालिका तथा किशोरकिशोरी अधिकार संरक्षण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न – Nigrani Today
ताजा खबर

बालबालिका तथा किशोरकिशोरी अधिकार संरक्षण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

सर्लाहीको मलंगवामा बालबालिका तथा किशोरकिशोरी अधिकार संरक्षण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न  भएको छ ।  प्रादेशिक अस्पताल ओसिएमसीको आयोजना, बागमती सेवा समाज नेपाल हरिवन तथा वर्ल्ड भिजनको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष सतिश कुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा सुरक्षित गर्भपतन, प्रसूति सेवा, बलात्कृत किशोरीको डाटाहरु प्रस्तुत गरिएको थियो।

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डां सचिन यादवले चालु आवमा दुईवटा जटिल केश देखिएको जानकारी दिनुभयो । बलात्कारको शिकार भएकी बरहथवावाकी एक युवतीलाई आदालतको आदेशमा सुरक्षित गर्भपतन गरिएको थियो भने अर्को बलात्कारको शिकार भएकी हरिवनको १५ वर्षकी एक युवतीको सुरक्षित सुत्केरी गराईएको उहाले बताउनुभयो  । १५ वर्षकै उमेरमा बचा पाउने भएपछी विभिन्न समस्या आउने गरेको डां यादवले बताउनुभयो । बालबालिका तथा किशोरकिशोरी सँग सम्बन्धित प्रतिवेदन, प्रेषण सहयोग प्रणालीलाई सरोकारवाला बिच मजबुत बनाउनुपर्ने कार्यक्रमको उदेश्य रहेको डां यादवले बताउनुभयो ।

पर्सा गाउँपालिका बाल क्लव संजालका अध्यक्ष गणिता कुमारी ठाकुरले बाल बिबाह भएको बेला सरोकारवाला निकायमा जानकारी गराउदा आफुहरुको गोपनियता भंग हरेको बताए ।
युएनएफपिएका बच्चेलाल महतोले हिंसा प्रभावित व्यक्तीको प्रभावकारी तरिकाबाट राखन तथा किशोरकिशोरी सेवा केन्द्र संचालनमा ल्याउन उहाले आग्रह गर्नुभयो ।विधालय र स्वास्थ्य संस्थामा किशोरकिशोरी मैत्री कक्ष बनाउनुपर्नेमा सबै सरोकारवालामा उहाले आग्रह गर्नुभयो ।
यस्ता कार्यक्रम निरन्तर रुपमा संचालन गर्नुपर्ने कार्यक्रमका वक्ताले जोड दिनुभयो ।

पत्रकारहरुले बालबालिकाको क्षेत्रमा स्तरीय रिपोर्टिङ गर्ने नेपाल पत्रकार महासंघका उपाध्यक्ष बन्दना झाले बताउनुभयो ।

आत्महत्याको केश बढेको हुदा सबैले ध्यान दिनुपर्ने तर सरोकारवाला निकायले खासै चासो नदिएको उहाको भनाई छ ।

यसैगरी बागमती सेवा समाज नेपालका परियोजन संयोजक प्रमेश बाँदेले पनि पर्सा गाउँपालिका र हरिपुर्वा नगरपालिकामा भएको कामको प्रगति तथा चुनौतीकोको बारेमा आफ्ना प्रस्तुति गर्नुभएको थियो ।

जिल्ला समन्वय समितिका अध्यक्ष  कौशल किशोर सिंह, सहायक प्रमुख जिल्ला अधिकारी, प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डां संजिव सिंह, स्वास्थ्य कार्यलयका प्रतिनिधि, मलंगवा नगरपालिकाका प्रतिनिधि, पर्सा गाउँपालिका महिला विकास फोकल पर्सन चन्दा यादव लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

बाल क्लबका  बाल बिबाह हुदा आफुले सम्बन्धित ठाउमा सूचना दिदा मेरो गोप्नियता नराखेको बताउनुभयो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button