१८ फाल्गुन २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
कराते प्रतियोगितामा टिम च्याम्पियन हुन सफल खेलाडीलाई सम्मान – Nigrani Today
ताजा खबर

कराते प्रतियोगितामा टिम च्याम्पियन हुन सफल खेलाडीलाई सम्मान

,नेपाल क्याेकुशिन कान कराते संघ सर्लाहीले तेस्रो मदन भण्डारी पुरुष तथा महिला राष्ट्रिय फुलकन्ट्याक्ट् कराते प्रतियोगितामा टिम च्याम्पियन हुन सफल खेलाडीलाई सम्मान गरेको छ ।

काठमाडौं त्रिपुरेश्वर स्थित दशरथ रंगशाला यहीँ फागुन १६ र १७ गते भएको राष्ट्रिय फुलकन्ट्याक्ट् कराते प्रतियोगितामा टिम च्याम्पियन हुन सफल भएका खेलाडीहरूलाई आज अपरान्ह एक कार्यक्रमका बीच सम्मान गरिएको हाे ।

लालबन्दी नगरपालिका का प्रमुख कार्यक्रमका प्रमुख अतिथि वासुदेव अधिकारी, विशिष्ट अतिथि पूर्व मेयर मानबहादुर खड्का ,क्याेकुशिन कान करातेका नेपाल व्रन्च चिफ भिमप्रसाद काफ्ले(सुवास) माओवादी केन्द्रका लालबन्दी नगर इन्चार्ज लेखराम जर्घा,उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दिपेन्द्र बलम्पाकीले च्याम्पियन खेलाडीहरूलाई सम्मान गर्दै बधाई तथा शुभकामना ज्ञापन गरेका थिए।


कार्यक्रममा प्रमुख अतिथि लालबन्दी नगर प्रमुख ( मेयर ) वासुदेव अधिकारीले लालबन्दी नगरपालिकाले खेल क्षेत्रलाई व्यवस्थित गर्दै जाने बताए । उनलेे राष्ट्रिलाई चिनाउने खेल क्षेत्र र खेलाडीकाे नगरपालिकाले सधैं उच्च सम्मान गर्ने बताउदै,लालबन्दीमा रहेर विगत -३० वर्ष देखि उत्कृष्ट खेलाडी उत्पादन गरेको भन्दै क्याेकुशिन कान करातेका नेपाल व्रन्च चिफ भिमप्रसाद काफ्ले(सुवास)लाई धन्यवाद ज्ञापन गरेका थिए ।

विशिष्ट अतिथि पूर्व मेयर मानबहादुर खड्काले खेलकुद क्षेत्रकाे विकासमा लालबन्दी नगरपालिकाले नेतृत्व लिनुपर्नेमा जाेड दिए ।
नेपाल क्याेकुशिन कान कराते संघ सर्लाहीका अध्यक्ष एवम् कार्यक्रमका सभाध्यक्ष गाेपाल श्रेष्ठले नगरले खेलकुद क्षेत्रमा हालसम्म गरेको लगानी खेर नगएको बताउदै , नगरका -१७ वटै वडाका सामुदायिक तथा निजी विद्यालयहरूमा हाल उत्कृष्ट भएका खेलाडीहरूलाई प्रशिक्षण गर्ने अवसर मिलाइदिन नगर प्रमुखलाई आग्रह गरे ।

कार्यक्रममा उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष देवीबन्धु थापा,सूचनाकाे हकका लागि राष्ट्रिय महासंघका मधेस प्रदेश महासचिव कृष्ण थपलिया,नेपाली कांग्रेस लालबन्दी -४ का सभापति सहदेव केसी ,लालबन्दी -५ का पूर्व वडाध्यक्ष माेहनहरि भण्डारी ,समाजसेवी युवा माेहन राउत, सूचनाकाे हकका लागि राष्ट्रिय महासंघका सर्लाही महासचिव राकेश गुप्ता ,व्यवसायी उमाशंकर साह लगायतको आतिथ्यता रहेको थियोे ।

नेपाल प्रहरी ,नेपाल आर्मी लगायतका विभागीय टिमको समेत सहभागिता रहेको तेस्रो मदन भण्डारी पुरुष तथा महिला राष्ट्रिय फुलकन्ट्याक्ट् कराते प्रतियोगितामा सर्लाहीबाट ७ जना खेलाडी सहभागी भएका थिए ।

नेपाल क्याेकुशिन कान कराते लालबन्दीका प्रशिक्षक शक्ति साहकाे नेतृत्वमा प्रतियोगितामा सहभागी भएका खेलाडीहरू विश्व लामा ,धर्मेन्द्र राम,भवानी बुढाथोकी ,सागर राई,उषा रिजाल ,रितेस बुढाथोकी र सुरज बानियाँ टिम च्याम्पियन भई मेडल र ट्रफी जित्न सफल भएका हुन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button