
रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले प्रमुख दलका प्रमुख नेताहरु नै भ्रष्टाचारमा लिप्त भएका कारण देशको आर्थिक अवस्था कमजोर हुँदै गएको बताएका छन् ।
रौतहटको माधवनारायण नगरपालिकाको मिठुअवा संगैं यमुनामाई गाउँपालिकाको मलहिनियामा आज आजपाको स्थानीय कमिटीद्वारा शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो बताए ।
`यहाँका प्रमुख दलका प्रमुख नेताहरु नै भ्रष्टाचारमा लिप्त छन् । त्यहाँ रहेका अरु नेताहरु पनि ती भ्रष्ट नेताको पछि लाग्ने, आफू पनि केही कमाई राख्ने मानसिकताबाट अगाडी बढादै कमाउधन्दामा लागेका छन्´ आजपा अध्यक्ष साहले भने, `यी र यस्ता भ्रष्ट नेताहरुका कारण आज देशको अवस्था कमजोर हुँदै गईरहेको छ । यसलाई तोडने, दलतन्त्रको आडमा भइरहेको भ्रष्टाचारको विरुद्धमा आम जनता एकजुट हुनुको विकल्प छैन् ।´
नेपालको आर्थिक अवस्था कमजोर बनाउने दलतन्त्रको अन्त्य नभए सम्म मुलुक समृद्ध बन्न नसक्ने बताउदै उनले ठग, भ्रष्ट, अपराधी, भ्रष्टाचारमा लिप्त भएका नेताहरूलाई गाउँगाउँबाट लखेटनु पर्ने बताए ।
देशमा बढ़दो लुट एवं भ्रष्टाचार रोक्नका लागी दलतन्त्रको अन्त्य जरुरी रहेको निष्कर्ष सुनाउदै अध्यक्ष साहले दलतन्त्रको विरुद्ध सशक्त आन्दोलनमा उत्रिनुपर्ने बताए ।
नेपालमा भ्रष्टाचार गरेर बिदेशमा पैसा जम्मा गर्ने नेताले देशलाई समृद्ध बनाउन नसक्ने भएकाले देशलाई समृद्ध बनाउने जिम्मेवारी पनि आम जनताले लिनुपर्ने आह्वान गर्दै साहले गाउँगाउँबाट युवाहरू अगाडी बढनुपर्ने बताए ।
कार्यक्रममा आजपाका महासचिव उपेन्द्र साह, सचिव एवं पुर्व सांसद समिना हुसेन, स्थायी कमिटी सदस्यद्वय सुधिर यादव, त्रिभुवन साह, मधेस प्रदेश अध्यक्ष उमेश कुशवाहा, नगरप्रमुख रीना साह, बबिता यादव, सिमल साह, रामनाथ माझी, रन्जु कुमारी साह, ललबाबु मंसूर, बालकृष्ण सापकोटा, लालबहादुर साह लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।