३० फाल्गुन २०८१, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
स्ववियु निर्वाचनमा निर्मल अधिकारी प्यानल विद्यार्थी माझ लोकप्रिय बन्दै – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

स्ववियु निर्वाचनमा निर्मल अधिकारी प्यानल विद्यार्थी माझ लोकप्रिय बन्दै

जनज्योति बहुमुखी क्याम्पस लालबन्दीमा हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)निर्वाचनमा नेपाल विद्यार्थी संघबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका निर्मल अधिकारी अन्य पदका उम्मेदवारहरु विद्यार्थी माझ लोकप्रिय बन्दै गएको छ । चैत्र ५ गते हुन गइरहेको स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघ अन्य विद्यार्थी संघको तुलनामा बलियो भएको र जित्ने सम्भावना प्रवल भएको विद्यार्थी नेता आदित्य महतोले बताए ।

नेपाल विद्यार्थी संघबाट अध्यक्षमा अधिकारी,सचिवमा अरबिन्द साह, कोषाध्यक्षमा रितिका चौधरी,प्रत्यक्ष सदस्यहरूमा प्रकृति कुमारी, अनुप खड्का, निकेश खतिवडा, सुरज भण्डारी, करिना कुमारी, बालचन्द्रे पासवान, सुनिल ठाकुर, उज्ज्वल कुमार यादव, बिश्वास अधिकारी, समानुपातीक सदस्यहरूमा, सुनिता कुमारी चौधरी, निश्चल साह शंकर, प्रकाश बन्धु चौलागाईं, मोहमाद आवेज शेख, आदित्य महतो,आशिष कुमार साह, निल प्रसाद घिमिरे, र साहिल कुमार यादवले मनोयन दर्ता गरेका छन ।

लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा नेविसंघले एक्लै र अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले संयुक्त प्यानल बनाएर उम्मेदवारी दिएका छन् ।जनज्योतिमा १ हजार ८४ जना मतदाता छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button