
सर्लाहीको बलरामा सयौंको संख्यामा विभिन्न पार्टी परित्याग गरि नेता तथा कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेको छ।
जनमत पार्टी बलरा नगर कमिटी द्वारा आयोजित होली मिलन कार्यक्रममा विभिन्न दलका नेता तथा कार्यकर्ताहरू जनमत पार्टीमा सामेल भएको छ। नेपाली कांग्रेस, एमाले, जसपा, लोसपा, र माओवादी पार्टीका कार्यकर्ताहरूले पार्टी परित्याग गर्दै जनमत पार्टीमा प्रवेश गरेको छ ।
कार्यक्रममा प्रमुख रूपले भरत चौधरी, अर्जुन राउत, र ठगा सहनी जस्ता प्रभावशाली नेता र कार्यकर्ताहरूको नेतृत्वमा १०० भन्दा बढी नेता र कार्यकर्ताहरूलाई मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले स्वागत गर्नुभएको छ ।
होली मिलन कार्यक्रमको अवसरमा जनमत पार्टीले राजनीतिक एकता र सामाजिक समृद्धिको लागि सबै पार्टीका कार्यकर्ताहरूसँग आपसी सहयोग र सहकार्यको वातावरण सृजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
जनमत पार्टीका जिल्ला इन्चार्ज श्रीचन( सुजन) यादवले जनमत पार्टीको आगामी चुनावको रणनीति र बलरा नगरका लागि समर्पण र योजनाबद्ध कार्ययोजनाबारे चर्चा गरे। उनले जनमत पार्टीले आगामी दिनमा बलरा नगरको विकास र जनहितका लागि कार्य गर्दै, सबै दल र कार्यकर्ताहरूसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।