११ श्रावण २०८२, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीको शिवालयमा भक्तजनको भिड – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

सर्लाहीको शिवालयमा भक्तजनको भिड

साउनको दोश्रो सोमबार सर्लाहीका शिवालयहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिनाको सोमवार सर्लाहीको अधिकांश शिवालयहरुमा मेला समेत लाग्ने गरेको छ । यसैक्रममा चन्द्रनगरमा नाढी तालको डिलमा अवस्थित श्री मरीचि मानेश्वर महादेव मन्दिरको वरीपरी मेला नै लागेको छ । मेलामा आएका भक्तजनहरु नाढी तालमा बोटिङ्ग गरेर समेत जाने गरेको छ ।

त्यस्तै अन्य जिल्लाभरका शिव मन्दिरमा पूजाअर्चना गर्न पुग्ने दर्शनार्थीको चहलपहल देखिएको हो । यहाँको लालबन्दीस्थित अक्लेश्वर महादेव मन्दिर डुमडुमे र जलकेश्वर महादेव मन्दिर पत्थरकोट, हरिवनस्थित सुखेपोखरी महादेव मन्दिर र कैलाशपुरी महादेव मन्दिर, ईश्वरपुरस्थित सागरनाथ महादेव मन्दिर, बरहथवास्थित मुक्तेश्वर बाबाधाम मूर्तिया, हरिपुरस्थित चिताईन मन्दिरसहित प्रत्येक गाउँ टोलका शिव मन्दिरमा भक्तजनको भिड रहेको साउन महिनाभर प्रत्येक शिव मन्दिरमा दर्शनार्थीको भीड लाग्छ ।

यहाँका सडकमा बोलबमका भक्तजनको चाप समेत दिनानुदिन बढ्दो छ । बोलबमयात्री सर्लाहीको विभिन्न भित्री सडक तथा पूर्व–पश्चिम राजमार्ग भएर महोत्तरीको टुटेश्वरनाथलगायतका प्रख्यात शिव मन्दिरसम्म पुग्ने गरेका छन् । ठूलो सङ्ख्यामा भारतीय बोलबम तिर्थयात्रीले समेत यहाँका सडक प्रयोग गरेर हिँड्ने गरेका छन् ।कर्मैयास्थित बागमती नदीमा जल उठाउनका लागि नेपाली तथा भारतीय बोलबमयात्री धेरै नै आइरहेका छन् । २४ सैँ घण्टा ब्यस्त रहने पूर्व–पश्चिम राजमार्गमा समेत रातभर बोलबम यात्री पैदल हिँडेर गन्तव्यतर्फ गइरहेका हुन्छन् ।

भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासले भक्तजनको भीड लागेको चन्द्रनगर गाउँपालिका स्थित रहेको शिव मन्दिरका पुजारी किशोरी भगतले बताए । बिहानै युवा, युवती, महिला पुरुषहरु नुहाई धुवाइ गरेर चोखो भएर यतिबेला शिवालयहरुमा जल चडाउन भिड लागेको ब्रतालुहरुले जानकारी दिएको छ । सोमबारका दिन सर्लाहीमा व्रत वस्ने परम्परा समेत रहेको छ । सोमवारका दिन ब्रत बसे भगवान शिवले चिताएको मनोकामना पुरा गर्ने जनविश्वास रहेको ब्रतालु महिला अनिता साहले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button