११ श्रावण २०८२, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
खाद्य स्वच्छता सम्बन्धी तालिम शुरु – Nigrani Today
ताजा खबर

खाद्य स्वच्छता सम्बन्धी तालिम शुरु

महोत्तरी, ८ साउन / जलेश्वरमा खाद्य स्वच्छता सम्बन्धी तालिम शुरु भएको छ । एकीकृत ग्रामिण विकास समाज, महोत्तरीले महोत्तरी जिल्लाको एकडारा र सम्सी गाउँपालिकामा सञ्चालन गरिरहेको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत ब्यवसाय सहयोग पाई खाजा नास्ता पसल संचालन गरिरहेका ब्यवसायीहरुका लागि ३ दिने खाद्य स्वच्छता सम्बन्धी तालिम बुधवारबाट शुरु भएको छ ।

समुदायका अति विपन्न वर्गका नागरिकलाई साना ब्यवसाय सहयोगका माध्यमबाट आर्थिक र सामाजिक रुपमा सशक्तिकरण गरिरहेको परियोजनाले उनीहरुले संचालन गरिरहेको ब्यवसायलाई थप सबलीकरण गर्न र ब्यवसायिक क्षमता अभिवृद्धि गर्नको लागि उक्त तालिम आयोजना गरेको कुरा संस्थाका कार्यक्रम ब्यवस्थापक कुमार भण्डारीले जानकारी दिनुभयो ।

उक्त तालिममा सहभागीहरुलाई खाद्य सुरक्षा र खाद्य स्वच्छताको आधारभुत जानकारी दिने, स्थानीय स्तरका विभिन्न परिकार तयार पार्ने सीप, सामाग्रीको बजारिकरण, मूल्य निर्धारण, पसलको साजसज्जा, सरसफाई र बजार बृद्धि आदि बारे महत्वपूर्ण जानकारी दिइने कुरा संस्थाका कोषाध्यक्ष उमेश न्यौपानेले जानकारी दिनुभयो ।

संस्थाले वल्र्ड भिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा संचालन गरिरहेको उक्त परियोजना अन्तर्गत अति विपन्न घरधुरीलाई माथि उकास्नका लागि ब्यवसाय सहयोग गरेको समेत संस्थाका कोषाध्यक्ष न्यौपानेले बताउनुभयो ।

संस्थाले खाजा नास्ता ब्यवसाय सहयोग गरेका एकडारा गाउँपालिकाका १७ जना ब्यवसायीको सहभागिता रहेको उक्त ३ दिने तालिमको सहजीकरण नेपाल पर्यटन तथा होटल ब्यवस्थापन प्रतिष्ठान (नाथम) बर्दिबासका प्रशिक्षक प्रज्वल मानन्धर र वर्षा गुरुङ लगायतले गरिरहनु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button