२४ भाद्र २०८२, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
जेनजि प्रदर्शनका कारण सर्लाहीको लालबन्दीमा कफ्र्यु आदेश जारी – Nigrani Today
ताजा खबर

जेनजि प्रदर्शनका कारण सर्लाहीको लालबन्दीमा कफ्र्यु आदेश जारी

सर्लाही, भदौ २४ । जेनजि प्रदर्शनका क्रममा उत्पन्न भएको तनावजन्य अवस्था नियन्त्रण गर्न सर्लाही जिल्लाको लालबन्दी नगरपालिका क्षेत्रमा जिल्ला प्रशासन कार्यालय सर्लाहीले कफ्र्यु आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठद्वारा जारी आदेश अनुसार सार्वजनिक सम्पत्तिमा क्षति, सर्वसाधारणको सुरक्षामा खतरा तथा शान्ति भंग हुन सक्ने अवस्था देखिएकाले आज दिउँसो १ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कफ्र्यु लागू गरिएको हो ।

कफ्र्यु आदेशअनुसार लालबन्दी नगरपालिका अन्तर्गत पूर्वमा लालबन्दी फुटबल मैदानदेखि पश्चिममा लखन्देही खोला, दक्षिणमा जब्दी खोला÷जुटपानी र उत्तरमा बाहुनी खोला÷श्री जनता उच्च मा.वि. नवलपुरसम्मको क्षेत्रमा आवतजावत, भिडभाड, हिँडडुल तथा कुनै प्रकारका गतिविधि गर्न प्रतिबन्ध गरिएको छ ।

जिल्ला प्रशासनले आदेश उल्लंघन गर्नेहरूमाथि कानुन बमोजिम कारबाही हुने चेतावनी दिँदै सुरक्षाकर्मीले आवश्यकताअनुसार बल प्रयोग गर्न सक्ने जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button