२४ भाद्र २०८२, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मलंगवामा पनि कफ्र्यु – Nigrani Today
ताजा खबर

मलंगवामा पनि कफ्र्यु

जेनजि प्रदर्शनकाका कारण मलंगवा नगरपालिकाको विभिन्न क्षेत्रमा देखिएको तनावपूर्ण अवस्थाका कारण जिल्ला प्रशासन कार्यालय, सर्लाहीले कफ्र्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले सार्वजनिक सम्पत्ति र नागरिकको सुरक्षा सुनिश्चित गर्न आज दिउसो २ जेदेखि अर्को आदेश नभएसम्मका लागि कफ्र्यु आदेश जारी गर्नुभएको छ ।

कफ्र्यु मलंगवाको पूर्वमा टावर चोक, पश्चिममा खानेपानी चोक, दक्षिणमा नगरपालिका चोक, उत्तरमा स्वास्थ्य कार्याल भन्दा उत्तर रहेको स्तुती सौम्य क्लिनिक मलंगवा नगरपालिका वडा नं. १० सम्म जारी गरिएको छ ।

प्रजिअ श्रेष्ठले जारी आदेश उल्लङ्घन गर्नेहरूमाथि आवश्यक बल प्रयोगसहित कानुन बमोजिम कारबाही गरिने चेतावनी पनि दिएका छन्। स्थानिय प्रशासनले शान्ति सुरक्षा कायम राख्न नागरिकलाई सहयोग गर्न आग्रह गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button