७ मंसिर २०८२, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
दनुवार कर्मचारी कल्याण कोषको २० औं बार्षिक सभा सम्पन्न – Nigrani Today
मधेश प्रदेशसमाचारसमाजस्थानीय

दनुवार कर्मचारी कल्याण कोषको २० औं बार्षिक सभा सम्पन्न

सर्लाही,२२ कार्तिक ।सर्लाहीको ईश्वरपुर नगरपालिकामा दनुवार कर्मचारी कल्याण कोषको २० औं बार्षिक सभा सम्पन्न भएको छ । खर्चमा तितव्यीता, बचतमा नियमितता, दनुवार जातिको आन, कर्मचारी कल्याण कोषको आर्थिक अभियान मुल नारा सहित ईश्वरपुर स्थित बयलवासमा रहेको इन्भेन्सन बोर्डिङ्ग स्कुल, कोठातोलमा दनुवार कर्मचारी कल्याण कोषले आफनो २० औं बार्षिक सभा सम्पन्न गरेको दनुवार कर्मचारी कल्याण कोषका सचिव बासुदेव सिंह दनुवारले जानकारी दिनुभयो ।

प्रमोद कुमार सिंहको अध्यक्षता तथा बाल्मीकि सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सभामा विभिन्न व्यक्तिहरु सम्मानित भएको छ । सम्मानित हुनेहरुमा प्रमुख अतिथि बाल्मीकि सिंह, विशेष अतिथि सत्यदेव सिंह, नेपाल शिक्षक महासंघ चन्द्रनगरका अध्यक्ष सरोज कुमार सिंह, कार्यक्रमका अतिथि श्याम प्रसाद सिंह, जयकरण सिंह, लगायत अवकाश प्राप्त कर्मचारीहरु रहेको दनुवार कर्मचारी कल्याण कोषका कोषाध्यक्ष योगेन्द्र सिंह दनुवारले जानकारी दिनुभयो । कोषको २० औं बार्षिक सभामा आय व्यय समेत प्रस्तुत गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button