२८ कार्तिक २०८२, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चन्द्रनगर गाउँपालिकासँग नेपाल बीमा प्राधिकरण अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न – Nigrani Today
समाचारसमाजस्थानीय

चन्द्रनगर गाउँपालिकासँग नेपाल बीमा प्राधिकरण अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

सर्लाहीको चन्द्रनगर गाउँपालिकासँग नेपाल बीमा प्राधिकरण अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल बीमा प्राधिकरण मधेस प्रदेशको आयोजनामा  गरिएको कार्यक्रममाबीमाको आवश्यकता,महत्त्व चुनौती, र बीमाले समाजमा ल्याएको परिवर्तन बारे चर्चा गरिएको थियो ।

गाउँपालिका अध्यक्ष राजकुमार महतोले बीमाको आफ्नै महत्त्व छ, यसले आर्थिक अवस्था सुधार गर्ने गरेको छ ।
बीमाको नाममा केही ठग्ने व्यक्ति पनि छन तर हामी त्यस्तो व्यक्ति पहिचान गरि सही व्यक्ति सँग बीमा गराउनुपर्ने अध्यक्ष महतोले बताउनुभयो ।

यसैगरी बीमा प्राधिकरणको कार्यलय प्रमुख आर्या रावलले गाउँपालिका अध्यक्ष महतोलाई मायाको चिनो र बीमा सम्बन्धि किताब समेत प्रदान गर्नुभएको छ ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गिता देवी महतो, वडा नं २ का वडा अध्यक्ष शम्भु साह, ४ नं का राजिव साह, ५ नं का सुर्यबंश राय , कर्मचारी तथा व्यपारीहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button