सर्लाही जिल्ला घर–जग्गा व्यवसायी संघकोअध्यक्षमा सुमन थपलिया चयन

सर्लाही । सर्लाही जिल्ला घर–जग्गा व्यवसायी संघको साधारणसभा तथा महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। महाधिवेशनले संघको आगामी कार्यकालका लागि १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
महाधिवेशनमा प्रस्तुत गरिएको प्रस्ताव नं. १ अनुसार संघको कार्यसमिति १७ सदस्यीय रहने निर्णय पारित गरिएको थियो। साथै, संघलाई आगामी दिनमा थप प्रभावकारी, कानुनी रूपमा व्यवस्थित तथा व्यवसायीहरूको हकहित संरक्षण गर्न सक्षम बनाउने विषयमा पनि व्यापक छलफल गरिएको थियो।
प्रस्तावहरूमाथि भएको छलफलपछि नयाँ कार्यसमितिको अध्यक्षमा सुमन थपलिया चयन हुनुभएको छ। उहाँको नेतृत्वमा गठित सम्पूर्ण कार्यसमितिलाई महाधिवेशनले सर्वसम्मत रूपमा पद तथा जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।
नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष पदमा साकार शर्मा, उपाध्यक्ष पदमा स्वामिहरि पोखरेल चयन हुनुभएको छ। त्यसैगरी सचिव पदमा मोहन कुमार राउत, कोषाध्यक्ष पदमा दिपेन्द्र अधिकारी चयन हुनुभएको छ।
कार्यसमितिमा सह–कोषाध्यक्ष पदको जिम्मेवारी कृष्ण थापा लाई प्रदान गरिएको छ।
यसैगरी सदस्यहरूमा राजकुमार न्यौपाने, चिरञ्जीवी खतिवडा,महेन्द्र साह, गोपाल श्रेष्ठ, राजेश सिंह लगायत अन्य सदस्यहरू चयन भएका छन्।
महाधिवेशनमा सहभागी सदस्यहरूले नयाँ नेतृत्वप्रति विश्वास व्यक्त गर्दै घर–जग्गा व्यवसायलाई मर्यादित, पारदर्शी र व्यवस्थित बनाउने दिशामा संघले सक्रिय भूमिका खेल्ने अपेक्षा व्यक्त गरेका छन्। नयाँ कार्यसमितिले व्यवसायीहरूको समस्या समाधान, नीतिगत सुधारका लागि पहल तथा आपसी समन्वय मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।



