१८ पुष २०८२, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
स्थानियतह परियोजना सल्लाहकार समिती बैठक सप्पन्न – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

स्थानियतह परियोजना सल्लाहकार समिती बैठक सप्पन्न

पुस १८ हरिपुर्वा । राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र र बागमती सेवा समाज नेपाल को आयोजना तथा वल्र्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा शुक्रवार २०८२÷०८३ को लागि कार्यक्रम संचालन तथा बितेको २०८१÷०८२ मा गरिएको कार्यक्रम तथा उपलब्धिको बारेमा छलफल गरिएको छ ।

राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र सर्लाहीले हरिपुर्वा नगरपालिकामा पोषण तथा उत्थानशील जिविकपार्जन परियोजना कार्यक्रम अन्तर्गत ५ सय ३१ अति बिपन्न घरपरिवारलाइ व्यवसायमा सहयोग, १ हजार १ सय ८४ घरपरिवारलाइ कृषि समाग्री सहयोग , ६ वटा गाउघर क्लिनिक भवन निर्माण गरि सहयोग गरिएको उक्त कर्यक्रमको कार्यक्रम प्रबन्धक राम कुमार यादवले जानकारी दिनुभयो ।

बागमती सेवा समाज नेपालबाट बाल संरक्षण तथा बाल स्पोन्सरशिप परियोजना अन्तर्गत अधिल्लो ५ वर्षमा ३ वटा बाल सिकाई केन्द्र स्थापना, हरिपूर्वा नगरपालिकाको बाल पाश्र्वचित्र निर्माण, बाल लगानी योजना, बाल विवाह रोक्न ५ वर्षीय रणनीतिक योजना समेत तर्जुमा गरी नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । यसैगरी ७२ जना अपाङ्गता भएका बालबालिकाहरुका लागि सहायक सामग्री वितरण गरिएको थियो भने ४ हजार २०० सय बालबालिकालाई न्यानो कम्बल, स्कूल ब्याग, ट्राकसुट, छाता, सुपानेट झुल, हाईजिन किट समेत वितरण गरिएको थियो ।

त्यस्तै २०८२÷०८३ देखि ५ बर्षको लागि बाल समृद्धि र एकीकृत बिकासको लागि हातेमालो परियोजना संचालनमा आएको कार्यक्रम प्रबन्धक यादवले बताउनुभएको छ ।

हातेमालो कार्यक्रम अन्तर्गत ” बाल समृद्धि सुनिश्चित गर्न स्थानीय सरोकारबाला समुदाय र परिवार सशक्तलाइ अनुकुल वातावरण सिर्जना हुनेछ । जसका माध्यमबाट बालबालिकाहरुले आफ्नो अधिकारहरु पुर्ण रुपमा उपभोग गर्न सक्षम हुनेछ ” उद्देश्यका साथ ५ बर्षे परियोजना संचालनमा आउने सल्लाहकार समिति बैठकमा जानकारी गराइयो ।

त्यस्तै बागमती सेवा समाज नेपालको एकीकृत बिकासको लागि हातेमालो परियोजना कार्यक्रमको मनोसामाजिक परामर्श अधिकृत रामेश्वर दासले अगामि ५ बर्षे परियोजनाको बारेमा आफ्नो प्रस्तुति राख्नुभयो।

हरिपुर्वा नगरपालिकाको नगरप्रमुख बिनोद कुमार साहको अध्यक्षतामा सप्पन्न कार्यक्रममा उप प्रमुख सुमिन्त्रा देवि ग्वारिन लगाएत विभिन्न वडाको वडाध्यक्ष,शाखा प्रमुखहरु, समाजसेविहरुको उपस्थिति रहेको थियो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button