७ माघ २०८२, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाही–२ बाट कांग्रेसका सर्लाही सभापति डा. सरोज रायको मनोनयन दर्ता – Nigrani Today
समाचारस्थानीय

सर्लाही–२ बाट कांग्रेसका सर्लाही सभापति डा. सरोज रायको मनोनयन दर्ता

सर्लाही । नेपाली कांग्रेसबाट सर्लाही निर्वाचन क्षेत्र नम्बर–२ का लागि नेपाली कांग्रेस सर्लाहीका सभापति डा. सरोज रायले प्रतिनिधि सभा सदस्य पदमा मनोनयन दर्ता गराउनुभएको छ ।
डा. रायले सर्लाहीको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो । मनोनयन दर्ताका क्रममा कांग्रेसका नेता–कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
मनोनयन दर्तापछि प्रतिक्रिया दिँदै डा. रायले सर्लाही–२ का जनताको विकास, सुशासन र समावेशी प्रतिनिधित्वका लागि आफू चुनावी मैदानमा उत्रिएको बताउनुभयो । जनताको विश्वास र साथ प्राप्त हुनेमा आफू विश्वस्त रहेको उहाँको भनाइ छ ।
सर्लाही–२ मा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button