
सर्लाही क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको उम्मेदवारी दर्ता भएको छ।
थापा स्वयं उपस्थित हुन नभ्याउने भएपछि नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति तथा प्रदेश सभा सदस्य वीरेन्द्रप्रसाद सिंहले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराइदिनु भएको छ।
यसैगरी रास्वपाबाट सर्लाहीको क्षेत्र नम्बर ४ मा डा. अमरेश कुमार सिंहले पनि मनोनयन दर्ता गराएका छन । यस क्षेत्रमा गगन थापा र अमरेशबिच कडा प्रतिस्पर्धा हुने भएको छ । सर्लाहीको ४ वटै निर्वाचन क्षेत्रमा क्षेत्र नं ४ मा रोचक प्रतिस्पर्धा हुने भएको छ ।



