२४ फाल्गुन २०८२, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा ४ मा ३५ जना उम्मेदवारको जमानत जफत – Nigrani Today
ताजा खबरराजनीतिसमाचारसमाजस्थानीय

सर्लाहीमा ४ मा ३५ जना उम्मेदवारको जमानत जफत

राजेन्द्र बिश्वकर्मा, गोडैता

सर्लाहीमा ४ मा ३५ जना उम्मेदवारको जमानत जफत भएको छ। जमानत जफत हुनेहरुमा नेपाली कम्युनिष्ट पार्टी ( नेकपा ) का उम्मेदवार रजनीश राय यादव, जनमत पार्टीका उम्मेदवार राकेश मिश्र, रास्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) का उम्मेदवार प्रदिप झाजनता समाजबादी पार्टी ( जसपा ) का उम्मेदवार रामेश्वर राय, प्रगतिशील लोकतान्त्रिक पार्टी ( प्रलोपा ) का राम चरित्र सहनीसहित ३५ जना स्वतन्त्र र बिभिन्न राजनीतिक दलका उम्मेदवारहरु रहेका छन्।

यस क्षेत्रमा रास्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का उम्मेदवार अमरेश कुमार सिंहले ३५ हजार ६ सय ८८ मत ल्याउँदै जित हाशिल गरेका छन् भने नेपाली कांग्रेसका सभापति एवम् उम्मेदवार गगन थापाले २२ हजार ८ सय ३१ मत ल्याएका छन्। उनको जमानत जोगिएको छ। यस्तै, नेकपा एमालेका उम्मेदवार अमनिश कुमार यादवको पनि जमानत जोगिएको छ। उनले ९ हजार ३ सय ४३ मत प्राप्त गरेका छन्।

निर्वाचन कानुन अनुसार आफ्नो निर्वाचन क्षेत्रमा खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको धरौटी रकम जफत हुने व्यवस्था छ। उम्मेदवारी दर्ता गर्दा राखिएको रकम जफत भएपछि सो रकम राज्यकोषमा जाने कानुनी प्रावधान रहेको छ ।

यस क्षेत्रमा १ लाख २१ हजार १२ कुल मतदाता रहेकामा ७७ हजार ९ सय ३१ खसेको थियो। यहाँ ७३ हजार ३ सय ६२ मत सदर भएको छ भने ४ हजार ५ सय ६९ मत बदर भएको छ। यहाँ जमानत जोगाउन करीव ७ हजार ३ सय ३६ मत प्राप्त गर्नु पर्थ्यो तर यी ३५ उम्मेदवारले त्यो मत प्राप्त गर्न सकेनन।

जमानत जफत हुनेहरुमा पनि जनमत पार्टीका उम्मेदवार राकेश मिश्रले १५७२ मत पाएका छन् भने नेकपाका उम्मेदवार रजनीश राय यादवले १४०१ मत पाएका छन् अन्य सबै उम्मेदवारमध्ये कसैले पनि ५०० मतसमेत कटाउँन सकेका छैनन। साथै, जिल्लाका अन्य क्षेत्रका पनि धेरै जना उम्मेदवारको जमानत जफत भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button