२४ फाल्गुन २०८२, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
म जनताको सेवामा सदैव समर्पित रहनेछु : प्रभु साह – Nigrani Today
ताजा खबर

म जनताको सेवामा सदैव समर्पित रहनेछु : प्रभु साह

काठमाडौं, २४ फागुन । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रौतहट आफ्नो लागि सिर्फ एक निर्वाचन क्षेत्रमात्र नभएर जीवनकै अभिन्न हिस्सा एवम् परिवार भएको बताएका छन् ।

रौतहट–३ रास्वपाबाट निर्वाचित रविन्द्र पटेललाई जितको लागि बधाई दिँदै साहले यस्तो बताएका हुन् । उनले रौतहटको माया र साथ नै आफ्नो उर्जाको स्रोत भएको बताएका छन् ।

यसपटकको निर्वाचनलाई सुनामी माहौलको संज्ञा दिँदै यस्तो अवस्थामा पनि आफूलाई विश्वास गरेर मत दिनेहरुप्रति ऋणी रहेको साहको भनाई छ ।

उनले लेखेका छन्–`यस निर्वाचनमा मतदाताको अभिमतलाई सहर्ष स्वीकादै रौतहट क्षेत्र न.– ३ मा विजयी हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रविन्द्र पटेलजीलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । चुनावमा हार र जीत एउटा स्वभाविक प्रक्रिया हो । तर रौतहट मेरा लागि सिर्फ एउटा निर्वाचन क्षेत्र मात्र होइन, यो मेरो जीवनको अभिन्न हिस्सा एवं परिवार हो । रौतहटको माया र साथ नै मेरो ऊर्जाको श्रोत हो । यहाँका जनताको स्नेह मेरो लागि पद र शक्तिभन्दा धेरै माथि र अमूल्य छ । यसर्थ म जनताको सेवामा सदैव समर्पित रहनेछु ।’

साहले थप भनेका छन्–‘यो सुनामी माहौलमा पनि मलाई विश्वास गरेर मतदान गर्नुहुने सम्पुर्ण मतदाताहरु प्रति म ऋणी छु । तपाईहरूको यो गुण म कहिल्यै बिर्सने छैन । यस चुनाबी अभियानमा निरन्तर सकृय र उत्साहका साथ खट्नुहुने हाम्रा पार्टीका नेता कार्यकर्ता तथा सम्पुर्ण समर्थक शुभचिन्तक एवं कलाकारहरू प्रति बिशेष आभार सहित धन्यबाद ब्यक्त गर्दछु ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button