९ बैशाख २०८३, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
गृह मन्त्री सुदन गुरुङको राजीनामा, नैतिकता र छानबिनको माग – Nigrani Today
कर्णाली प्रदेशकोशी प्रदेशगण्डकी प्रदेशताजा खबरपत्रपत्रिकाप्रदेशमधेश प्रदेशराजनीतिलुम्बिनी प्रदेशवाग्मती प्रदेशसमाचारसुदुर पश्चिम प्रदेशस्थानीय

गृह मन्त्री सुदन गुरुङको राजीनामा, नैतिकता र छानबिनको माग

काठमाडौँ — गृह मन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका थिए।
गुरुङले पछिल्ला दिनहरूमा आफ्नो शेयर लगायतका विषयमा उठेका जनचासो, प्रश्न र टिप्पणीलाई गम्भीर रूपमा लिएको उल्लेख गर्दै निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गर्न पदबाट अलग भएको बताएका छन्। “मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन,” उनले विज्ञप्तिमा भनेका छन्।
देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै युवापुस्ताले उठाइरहेको आवाजप्रति संकेत गर्दै उनले सार्वजनिक जीवन स्वच्छ र नेतृत्व उत्तरदायी हुनुपर्ने बताएका छन्। साथै, आफू पदमा रहँदा कुनै प्रकारको ‘conflict of interest’ नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको स्पष्ट पारे।
गुरुङले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी पूरा गरेको दाबी गर्दै सम्बन्धित विषयमा निष्पक्ष छानबिन गर्न आग्रह गरेका छन्। उनले सञ्चारकर्मी, आम नागरिक तथा युवाहरूलाई सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा उभिन अपिल पनि गरेका छन्।
उनले मिडियाकर्मीहरूसमेत पारदर्शिता र नैतिकतामा उभिनुपर्ने संकेत गर्दै सार्वजनिक जीवनमा स्वच्छता आवश्यक रहेको उल्लेख गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button