Nigrani Today

सर्लाहीमा थप दुई जनामा कोरोना संक्रमण, संक्रमित हुनेको संख्या पाँच पुग्यो

0 2,841

प्रेमनाथ पौडेल
सर्लाही,६ जेठ । सर्लाहीमा पनि आज थप २ जान कोरोना संक्रमितको भेटिएको छ।

यो सहित सर्लाहीमा कोरोना संक्रमितको सख्या पाँच पुगेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो।

New manakamana

आज भेटिएका संक्रमित हरिवन -९ नयाँरोड डेरा गरी बस्ने ३४ वर्षिय र बागमती-९ शंकरपुर बस्ने २७ बर्षिय मानिस रहेका छन।

उनीहरुले केही दिन अघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काडमाण्डौमा स्वाब परीक्षणका लागि दिएका थिए।

यस भन्दा अघि धनकौल गाउपालिकामा एक १४ वर्षिय बालक, हरिपुर्वा नगरपालिकामा वडा नं ३ धनकौलमा एक ४५ वर्षिय व्यस्कमा र रामनगर गाउपलिका स्थित बौहरबा बस्ने एक १८ वर्षिया युवतीमा कोरोना भाइरस संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिनुभयो।

gift corner
टिप्पणीहरु
Loading...