१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
स्थानीय कानून तर्जुमा सम्बन्धी प्रदेशस्तरीय कार्यशाला बर्दिवासमा सम्पन्न – Nigrani Today
मधेश प्रदेशसमाचारसमाजस्थानीय

स्थानीय कानून तर्जुमा सम्बन्धी प्रदेशस्तरीय कार्यशाला बर्दिवासमा सम्पन्न

बर्दिवास, १९ मोहत्तरी । मोहत्तरीको बर्दिवासमा स्थानीय सरकारमा भूमि र कृषि क्षेत्र कार्यान्वयनको लागि स्थानीय कानून तर्जुमा सम्बन्धी एक दिवसीय प्रदेशस्तरीय कार्यशाला सम्पन्न भएको छ ।

आइतवार गाउँपालिका राष्ट्रिय महासंघको आयोजना तथा गाउँपालिका राष्ट्रिय महासंघ नेपाल प्रदेश नं. २ अध्यक्ष र पकहामैनपुर गाउँपाकिा अध्यक्ष बिजय कुमार चौरसियाको अध्क्षतामा स्थानीय सरकारमा भूमि र कृषि क्षेत्र कार्यान्वयनको लागि स्थानीय कानून तर्जुमा सम्बन्धी एक दिवसीय प्रदेशस्तरीय कार्यशाला सम्पन्न भएको हो ।

कार्यक्रममा स्थानीय सरकारमा कानुन निर्माण प्रक्रिया अभ्यास र हालको अवस्था, स्थानीय सरकारमा कृषि र भूमि सम्बन्धि अधिकार र कानुनमा समावेश हुनुपर्ने प्रावधानहरु लगायतका विषयहरुमा समूहगत छलफल गरिएको थियो ।

कार्यशालामा राष्ट्रिय कृषक समुहका महासंघ नेपाल, गाउँपालिका राष्ट्रिय महासंघ, राष्ट्रिय भूमि अधिकार मंच, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र लगायत गैर सरकारी संस्था तथा प्रदेश नं. २ का २० वटा स्थायिन प्रतिनिधिहरुको उपस्थिति रहेको गाउँपालिका राष्ट्रिय महासंघका प्रतिनिधि मनोज साहले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.